काठमाडौँ महानगरपालिकाद्वारा आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय | Jana Aawaj News

काठमाडौँ महानगरपालिकाद्वारा आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय

पढ्न लाग्ने समयः < 1 मिनेट
काठमाडौँ महानगरपालिकाद्वारा आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय : Jana Aawaj News
सांकेतिक तस्विरः वेव

काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो ।
कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर कामपामा पेश गर्नुपर्नेछ । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि कामपाले जनाएको छ ।
कामपाभित्र सञ्चालनमा रहेका विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ ।
शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा कामपाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । कामपाले औपचारिक जानकारी आज गरे पनि यसअघि नै विद्यार्थी सङ्ख्या कम भएका विद्यालय आलोपालो गरेर सञ्चालनमा आइसकेका छन् । लामो समय विद्यालय बन्द रहेको, चाडबाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरुपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ ।

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न