सहकारीको वित्तिय गुणस्तर मापन गर्ने आधारनै पर्ल्स विश्लेषणः राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी उप्रती | Jana Aawaj News

सहकारीको वित्तिय गुणस्तर मापन गर्ने आधारनै पर्ल्स विश्लेषणः राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी उप्रती

पढ्न लाग्ने समयः < 1 मिनेट
सहकारीको वित्तिय गुणस्तर मापन गर्ने आधारनै पर्ल्स विश्लेषणः राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी उप्रती : Jana Aawaj News

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी उप्रतीले सहकारी संघरसंस्थाहरुको वित्तीय गुणस्तर मापन गर्ने आधारनै पर्ल्स विश्लेषण भएको बताउनु भएको छ । सहकारी संस्थाको अनुपात मिलाउने र सेवा सुविधालाई सेवाग्राही माझ प्रविधिमैत्री बनाउन पर्ल्स सम्बन्धीको तालिमले सहयोग पुग्ने बताउनु भयो ।

शुक्रबार बैंकको चापागाँउ र इमाडोल शाखाको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट भएको पर्ल्स विश्लेषण तालिमको शुरुवात गर्दै अध्यक्ष उप्रेतीले यस्तो बताउनु भएको हो । अध्यक्ष उप्रतीले सहकारीका संचालक तथा कर्मचारीलाई सहकारीको प्रभावकारी वित्तिय संरचना ,सम्पतिको गुणस्तर प्रतिफलदर, तरलता र बृद्धिदरमा ध्यान दिदै संघरसंस्थाको बचत संकलन, शेयर पुँजी बृद्धि, भाका नाघेको ऋण र संस्थागत पँजी लगायत सुचकको अनुपात ब्यवस्थापनमा ध्यान दिन पनि तालिमका सहभागिहरुलाई आग्रह गर्नु भयो ।

सहकारीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले राष्ट्रिय सहकारी बैंक लिमिटेडकोे आयोजनामा एक दिने पर्ल्स विश्लेषण सम्वन्धी तालिम आयोजित तालिममा बैंकको चापागाँउ र इमाडोल शाखा अन्र्तगतको सहकारीका संचालक तथा कर्मचारीलाई लक्षित गरी तालिम संचालन गरिएको थियो ।
बैंकको बुटवल शाखका प्रमुख नारायण बेल्वासेले सहजीकरण गर्नु भएको तालिममा चापागाँउ र इमाडोल शाखा कार्यालय क्षेत्र भित्रका एक सय भन्दा बढी सहकारीकर्मीहरुले सहभागिता जनाएका थिए । तालिम विभागका बरिष्ठ अधिकृत मिना कुमारी शर्माले संचालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य चापागाउँ शाखाका प्रमुख रामशरण सापकोटाले दिनुभएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न