चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री | Jana Aawaj News

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री

पढ्न लाग्ने समयः < 1 मिनेट
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री : Jana Aawaj News

काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताउनुभएको हो । उहाँले नेपाली चियाको उचित बजार प्रवर्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिनुभयो ।

प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक रु छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्यगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराउनुभयो । ती संस्थाहरुले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्कालन उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत आपूर्ति र महशुलको प्रबन्ध गरिनुपर्ने लगायत माग प्रधानमन्त्रीसमक्ष गरेका छन् ।

 

+ posts

 

 

ताजा
1 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
3 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
4 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न