काठमाडौँ-तराई मधेस दू्रतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ | Jana Aawaj News

काठमाडौँ-तराई मधेस दू्रतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

पढ्न लाग्ने समयः < 1 मिनेट
काठमाडौँ-तराई मधेस दू्रतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ : Jana Aawaj News

काठमाडौँ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ-तराई मधेस दू्रतमार्गसडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे आज ब्रिफिङ लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाबारे छलफल भएको हो ।

छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु विन्दू खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखि रहेको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीयरुपमा काम हुने विश्वास व्यक्त गर्दै उत्पन्न समस्याबारे सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या थप बुझेर समाधानको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।

कूल ७० दशमलव ९७ किलोमिटर दूरीको रु दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं. २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको हालसम्मको समष्टीगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जंगी अडडले जनाएको छ ।

+ posts

 

 

ताजा
1 इडेन गार्डेनका जय प्रकाश राई ‘आउटस्ट्यान्डिङ प्रिन्सिपल अवार्ड’ बाट सम्मानित
2 इलाममा १८,४४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
3 सूर्यविनायक- ४ मा वडा बाल सञ्जाल तथा बाल समूहका पदाधिकारीलाई २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
4 मदरल्याण्डको “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण-२०८२” सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न