
दैलेख । नेपाल मजदुर किसान पार्टीले चामुण्डा–विन्द्रासैनी नगरपालिकाको जम्मुका बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको छ । पार्टी नगर सम्मेलको सिलसिलामा आयोजित कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग गरेको हो ।
पार्टी नगर समितिको दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेमकिपा, कर्णाली प्रदेशको संयोजक तथा पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईले जन दबाबको कारण एमसीसी सम्झौता पारित नगरिएको तर सम्झौता कुनै पनि बेला पारित गर्न मौका खोजिरहेको बताउनुभयो । उहाँले एमसीसी पारित गर्ने अमेरिकी साम्राज्यवादका दलालहरूलाई जनताले सझाय दिने भन्दै नेपाली जनता देशको सार्वभौमिकता रक्षाको निम्ति एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

केन्द्रीय सदस्य गोसाईले शिक्षा र स्वास्थ्य निःशुल्क नगर्ने कुनै पनि पार्टी कम्युनिस्ट हुन नसक्ने भन्दै एमाले, माओवादी वा सरकारमा जाने कुनै पार्टीले नामकै आधारमा धोका दिइरहेको बताउनुभयो । उहाँले नेमकिपाले समाजमा वैज्ञानकत तथा भौतिकावादी चिन्तनको विकास गर्ने प्रयास गरिरहेको भन्दै कोभिड–१९ नियन्त्रणको नाममा शासकहरूले मैनबत्ती बाल्ने, घण्टी बजाउने, कालो टीका लगाउनेजस्ता अन्धधारणा प्रचार गरेको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले गणतन्त्रले पनि जनताको जीवनस्तरमा परिवर्तन नआएको भन्दै समाजवादी गणतन्त्रको निम्ति सङ्घर्ष गर्नुपर्ने विचार राख्नुभयो । उहाँले एमसीसीमा सबै शासक दलहरू मुछिएका भन्दै दार्चुलामा नेपाली मारिएर पनि नेपाली शासकहरू विरोध गर्न नसकेको बताउनुभयो ।
नेमकिपा पूर्व केन्द्रीय सदस्य एवम् गुराँस गाउँपालिकाका अध्यक्ष उदयजङ शाहीले उत्पादनका साधन समाजिकीकरण नगर्ने पार्टी कम्युनिस्ट हुननसक्ने भन्दै नेमकिपाले योग्यता विकासमा समान अवसरको निम्ति सङ्घर्ष गरिरहेको विचार राख्नुभयो ।

नेमकिपा दैलेखका सचिव लक्ष्मीकुमार विकले एमसीसी सम्झौताको विरोधमा नेमकिपाले गाउँगाउँमा प्रदर्शन गरिरहेको बताउनुभयो ।
नेमकिपाका जिल्ला सदस्य एवम् चाविनपा वडा नं ३ का वडाध्यक्ष निरकबहादुर शाहीले भ्रष्टाचार रोक्ने हो भने नेपाली आफै विकासका काम गर्नसक्ने बताउनुभयो ।
नेमकिपा, दैलखका जिल्ला सदस्य एवम् अठविस नपा कडा नं ९ का वडाध्यक्ष धनबहादुर सिजापतिले नेमकिपाले शिक्षा र स्वास्थ्यमा जोड दिएको बताउनुभयो ।
नेमकिपा, चाविनपा नगर समितिका अध्यक्ष शिवराज जैसीकोे सभापत्त्विमाम भएको कार्यक्रममा नेमकिपाका पूर्व जिल्ला अध्यक्ष पूर्णबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घको दैलेख जिल्ला अध्यक्ष धनकुमारी शाही, नेक्राकिसङ्घका जिल्ला अध्यक्ष तिलकप्रसाद आचार्य, नेक्राशिसङ्घ, दैलेखको जिल्ला समिति सदस्य लोकप्रसाद आचार्य, नेमकिपा ठाँटीकाध गाउँपालिका समितिका अध्यक्ष मनराज थापा, नेमकिपा चाविनपाका उपाध्यक्ष मनबहादुर विकलगायतले मन्तव्य राख्नुभएको थियो ।
एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावादलगायतका नारा लगाइएको थियो ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 




 Total views : 295865
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


