
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा रिकिशी कम्पोष्ट प्रा.लि. को प्राविधिक सहयोगमा २०७८ भदौ २४ गतेदेखि असोज १ गतेसम्म भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई रिकीसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने सम्बन्धी दशदिने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसप्रकारका तालिमले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो । तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सफल कार्यान्वयनमा जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले नयाँ नयाँ प्रविधिबारे खोज तथा अनुसन्धान गरिरहेको बताउनुभयो ।
उहाँले दम खोकीका बिरामीहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले जापान सरकारसँग सहकार्य गरी भक्तपुरको च्याम्हासिंहमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको अवगत गराउनुभयो ।
भक्तपुर नपाले यहाँका सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका गतिविधिहरुमा विदेशी सहयोगलाई भन्दा स्थानीय जनताको सीप, सहयोग र साथलाई प्राथमिकतामा राखेको बताउनुहुँदै फोहोरबाट उत्पादित मल किसानहरुलाई वितरण गरी प्रत्यक्ष लाभ पु¥याउने उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्वले भक्तपुरको फोहोरमैला व्यवस्थापनमा थप वैज्ञानिक र आधुनिक विधि अपनाउन रिकिसी तालिम सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले कुहिने फोहरका कारण सहर दुर्गन्धित हुने भएकोले नगरपालिकाले कुहिने फोहोर व्यवस्थापन गर्दै मल बनाउने तालिमलाई थप विस्तार गर्दै लाने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले रिकिशी प्रविधिको उचित प्रयोगबाट फोहोर व्यवस्थापन सहज हुने बताउनुहुँदै प्रविधिबाट बढीभन्दा बढी लाभ हासिल गर्नुपर्ने धारणा राख्नुभयो । रिकीशी कम्पोष्ट आयोजनाका प्रबन्ध निर्देशक उषा गिरीले भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै भक्तपुर नपाले फोहोर व्यवस्थापनमा गर्दै आएको काम निकै सराहनीय भएको बताउनुभयो । प्रमाणपत्र वितरण कार्यक्रममा कार्यपालिका सदस्य एवम् वातावरण तथा पर्यटन समितिका सदस्यद्वय सुनिता अवाल र सरिना द्योलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षकको तर्फबाट सुरोज श्रेष्ठ, प्रशिक्षार्थीको तर्फबाट रमेश त्वी त्वी र रमिता तमखूले पनि तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै लाने र तालिमको उपादेयताबारे जानकारी दिनुभयो । सोही अवसरमा प्रमुख प्रजापतिले ‘जापानिज सी.एन.बी.एम. प्रविधिबाट प्राङगाारिक मल बनाउने तालिमका सहभागी प्रशिक्षार्थी र रिकिसी संस्थालाई प्रमाण वितरण गर्नुभएको थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295838



