
जन आवज न्युज/काठमाडौं । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले बुढानिलकण्ठ नगर अस्पतालमा बुधबार ६९१ औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

(Save the World) आमाको प्रेम सारा संसारमा भन्ने मुल नाराका साथ वीलभयूले, सामूहिक रक्तदानद्वारा नेपालमा लामो समयदेखी जीवन बाँड्ने काम गर्दै आइरहेको छ ।
बृहत् सामूहिक रक्तदानद्वारा जीवनको मूल्यको कदर गर्ने सङ्गठन पनि छ । त्यो हो, विश्वव्यापी रक्तदान अभियान आयोजना गर्ने कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले जनवरी ३० तारिखमा लुम्बिनी प्रदेशस्थित नेपालगञ्जमा आयोजना गरेपछि वीलभयूले क्रमशः फेब्रुअरी ५ तारिखमा बागमती प्रदेशस्थित ललितपुरमा पनि अमूल्य जीवन बाँड्ने कार्यक्रम आयोजना गरेको छ । फेब्रुअरी १० तारिखमा चाहिँ बागमती प्रदेशस्थित चाँगुनारायणमा आयोजना गरिएको थियो । आज फेब्रुअरी १२ तारिख बुधबार बुढानिकण्ठ नगरपालिकाको नगर अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाल वीलभयूका अधक्ष्य किशोर साम्सोहाङज्यूले सन् २०२५ मा २२औँ वर्षमा प्रवेश गरेको अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसन चाहिँ ८ अरब मानव-जातिलाई आफ्नै परिवारसरह ठानेर आमाको मनद्वारा जो कोहीले पनि आदर पाउने संसार, सबै जना खुशी हुने विश्वव्यापी गाउँ निर्माणको निम्ति प्रयत्नशील त्यस्तो संस्था रहेको कुरा प्रकाश पार्नुभयो । साथै आजकल रगतको जति अभाव छ त्यति नै स्वयंसेवकको रूपमा रक्तदान गर्ने व्यक्तिहरूको अभाव छ । तर यो संस्थाले रगत अभावका कारण कसैले पनि जीवन नगुमाओस् भन्ने हेतुका साथ आमाको मनद्वारा रक्तदान अभियान सञ्चालन गर्दैआएको छ । सन् २०२५मा मात्रै यस संस्थामार्फत ४०० जना भन्दा बढीले रक्तदान गरिसकेको कुरा अध्यक्षज्यूले जानकारी दिनुभयो ।
बुढानिलकण्ठ नगर अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा काठमाडौंको विभिन्न ठाउँबाट आएका वीलभयूका सदस्यहरू, उनीहरूका परिवारहरू र छिमेकीहरू गरी करीब ३०० जनाको सहभागीता रहेको थियो ।
बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रम अपरान्ह ३:३० बजे समापन भयो । सहभागीहरू क्रमबद्ध रूपमा जोशका साथ स्वास्थ्य जाँच र रक्तदानमा सहभागी भए । कार्यक्रममार्फत १०२ जनाले सफलतापूर्वक रक्तदान गरी ३५,७०० मिलिलिटर रगत संकलन गरिएको थियो ।
कार्यक्रममा उपस्थित बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीले “म यस कार्यक्रममा मात्र नभएर यहाँहरूको धेरै कार्यक्रमहरूमा उपस्थित भइसकेको छु, मैले यहाँहरूको शक्ति देखेको छु । यस बुढानीलकण्ठ नगरपालिकाका लागि यहाँहरू एउटा आशाको दियो बन्नुभएको छ । यहाँहरूले गर्ने सबै कार्यक्रममा कसैले खोट लगाउन सक्दैन । रक्तदान कार्यक्रम एकदमै महान् कार्य हो । आज यस वी लभ यू फाउन्डेसनले रक्तदान कार्यक्रम गर्दैछ । आगामी दिनहरूमा यहाँहरूको भविष्य अझ उज्ज्वल हुनेछ” भन्नुहुँदै वीलभयूप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
वीलभयूका एक सदस्य निर्मला राईले भनिन्, “रक्त अभावले गर्दा जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान हो । जीवनको कदर गर्दै जीवन बचाउने कार्यमा सदस्यहरू एउटै चित्तका भएर सहभागी भएका छन् । यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गर्दछौं ।”
सन् २००४ मा कोरियाबाट सुरु भएको ‘रक्तदान अभियान’ एक व्यक्तिबाट सुरु भएको प्रेमपूर्ण कार्य दुई जना, चार जना गर्दै बढ्दैगएर सम्पूर्ण मानव-जाति सहभागी होऊन् भन्ने आशाका साथ आयोजित विश्वव्यापी जीवन बचाउने अभियान हो । यो वर्ष २२औँ वर्षमा प्रवेश गर्दै गर्दा ६४ वटा देशबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन् । नेपालमा पनि वीलभयूले काठमाडौँ, बुटवल, पोखरा जस्ता विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरेर जीवन बाँड्ने कार्यमा योगदान पुऱ्याएको छ ।
यसको अतिरिक्त, वीलभयूले विभिन्न पक्षबाट मानव कल्याणका गतिविधिहरू सञ्चालन गर्दैआएको छ । वीलभयूले बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका विभिन्न ठाउँमा विद्यालयको खेल मैदानको लागि जग्गा खरिद रकम सहयोग, बहुउद्देश्यीय हल निर्माण, साइनबोर्ड स्थापना तथा घेराबार निर्माण, शैक्षिक सामग्री र पाठ्यपुस्तक सहयोग जस्ता थुप्रै सहयोग गरेर भावी पुस्ताको शैक्षिक वातावरण सुधार गर्नमा कडा मेहनत गरेको छ ।
वीलभयूले वातावरण कल्याण गतिविधि ‘क्लिन वर्ल्ड अभियान’ र ‘आमाको उद्यान (Mom’s Garden)’ प्रोजेक्टमार्फत सडक र पार्कहरूलाई सजाउने कार्य पनि गरेको छ । योचाहिँ वृक्षारोपण गरेर विश्वव्यापी तापमान वृद्धिको मुख्य कारक हरितगृह ग्याँसलाई न्यूनीकरण गर्ने वातावरणीय गतिविधि हो । वीलभयूले बागमती प्रदेशको चन्द्रागिरी र कागेश्वरी मनोहरा नगरपालिकामा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ पनि गरेको छ ।
लुम्बिनी प्रदेशको रुपन्देहीमा भारी वर्षाले क्षतिग्रस्त भएको घर निर्माणमा सहयोग, कोभिड-१९को महामारीलाई जित्न क्वारेन्टाइन सामग्री सहयोग, २०७२ सालको भूकम्पका बेला पीडितहरूका लागि राहत कार्यमा सहयोग जस्ता कार्यहरू गरेर राष्ट्रिय विपद्को सामना गर्नमा पनि वीलभयू सक्रिय रूपमा सरिक हुँदैआएको छ । यस्ता विविध गतिविधिहरू गरेबापत् वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्रसमेत प्राप्त गरेको छ ।
त्यसै गरी अन्तर्राष्ट्रिय स्तरमा, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनचाहिँ संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UNDGC) सँग सहकार्य गर्ने गैरसरकारी संस्था हो, र ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइ, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य कल्याण, समाज कल्याण र शैक्षिक सहयोग जस्ता विभिन्न मानव कल्याणका गतिविधिहरू ४,५०० पटकभन्दा बढी सञ्चालन गरिसकेका छन् ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
