परमेश्वरको मण्डलीद्वारा झापास्थित बुधवारे बजारमा सरसफाइ सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा झापास्थित बुधवारे बजारमा सरसफाइ सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
परमेश्वरको मण्डलीद्वारा झापास्थित बुधवारे बजारमा सरसफाइ सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/झापा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले झापास्थित बुधवारे बजार क्षेत्र सरसफाइ सम्पन्न गरेको छ ।


स्थानीय बासिन्दाहरूमाझ वातावरीय सचेतना अभिवृद्धि गर्ने उदेश्यले विश्वभरि वातावरणको रेखदेख गर्दै छिमेकीहरूमाझ खुशी बाँड्ने कार्य गर्दै आएको आएको छ । परमेश्वरको मण्डलीका एक जना अधिकारीले भने, “परमेश्वरले मानव-जातिको खुशीको निम्ति सृष्टि गर्नुभएको सुन्दर पृथ्वीको वातावरणलाई सफा राखेर दिगो वासस्थान बनाउनमा सन्तहरू एकै मनका भएर सहभागी भएका छन् । धेरैले हामीलाई साथ दिनुहुनेछ भन्ने आशा गर्दछौं ।”


परमेश्वरको मण्डलीले यस क्षेत्रमा गरेको यो नै पहिलो सरसफाइ भएकोले सरसफाइ झनै अर्थपूर्ण बनेको थियो । परमेश्वरको मण्डलीका सन्तहरू, उनीहरूका परिवारहरू, छिमेकीहरू गरी ४५ जनाले बुधवारे बजारको वरिपरि १ किलोमिटर क्षेत्र सरसफाइ गरेर फोहोर प्लास्टिक, क्यान, शीशाको बोतल, फलफूलका बोक्राजस्ता विभिन्न फोहोरहरू सङ्कलन गरेका थिए ।


बिहान ८ बजे सुरु भएको कार्यक्रम करीब ११ बजेतिर समाप्त भएको थियो ।  कार्यक्रममा ५० लिटरको ४५ वटा झोला बराबर फोहोर सङ्कलन गरिएको थियो ।  यो क्षेत्रमा बाक्लो बस्ती भएकोले उक्त स्थानमा निरन्तर सरसफाइको आवश्यकता देखिएको छ । गाउँपालिकाको कार्यालयले उनीहरूको गतिविधिप्रति खुशी हुँदै फोहोर उठाउने ट्रक उपलब्ध गराएको थियो ।


कार्यक्रममा बुद्धशान्ती गाउँपालिकाका उप-प्रमुख भवानी प्रसाद खतिवडाले “यो अत्यन्त राम्रो काम भएकोले निरन्तर गर्न आवश्यक रहेको छ” भन्नुभयो । त्यसै गरी वाणीज्य सघँका प्रतिनिधि रामलाल कोइराला साथै स्थानिय अग्रज ब्यक्तिहरूले पनि हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।


स्वयंसेवा कार्यमा सहभागी पूजा यादवले “ख्रिष्टको शिक्षालाई ब्यवहारमा लागु गर्न पाउदा गर्व लागेको ” भन्दै खुशी व्यक्त गर्नुभयो । त्यसै गरी मुना लहेरीले “समाजमा नुन र ज्योतिको कार्य फैलाउदा धेरै खुसि छु, आगामी दिनहरूमा निरन्तर सहभागी हुनेछु ” भन्नुभयो ।


परमेश्वरको मण्डलीले यसअघि कोशी प्रदेशको सुन्दरहरैँचा, बागमती प्रदेशको काठमाडौँ कीर्तिपुर, बागमती, लुम्बिनी प्रदेशको नेपालगञ्ज र कर्णाली प्रदेशको वीरेन्द्रनगर जस्ता ठाउँहरूमा सहरी वातावरण सफा बनाउने कार्य गर्दैआएको छ ।


गत वर्षदेखि मण्डलीले वृक्षारोपण, वन संरक्षण जस्ता दिगो हरित वातावरण सृजना गर्न र कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्न ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान’ सञ्चालन गरिरहेको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ । यो अभियानचाहिँ परमेश्वरको मण्डलीले आफ्नो स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा सञ्चालन गरेको ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो ।

आशा च्यालेन्जचाहिँ ‘संकटग्रस्त विश्वव्यापी गाउँमा आशा प्रदान गर्ने’ लक्ष्यका साथ अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू[SDGs]अनुरूप जारी हुन्छ । यसलाई जलवायु परिवर्तनसँग लड्ने, गरिबी तथा भोकमरी अन्त्य गर्ने, शैक्षिक सहयोग गर्ने, स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने, दिगो सुरक्षित समाज निर्माण गर्ने, शान्ति, समावेशी र एकता गरी मुख्यतः ६ वटा विधामा आयोजना गरिदै आएको छ ।


यसै अभियानअन्तर्गत गत फेब्रुअरी १७ तारिखमा काठमाडौंको टोखा नगरपालिका क्षेत्रका छिमेकीहरू १६ परिवारका लागि खाद्यवस्तुको १६ सेट बाकस हस्तान्तरण गरियो । मण्डलीले संयुक्त राष्ट्रसंघको विश्व सामाजिक न्याय दिवस(फेब्रुअरी २०)को सम्झनामा “‘Hold Hope अभियानमार्फत जनवरीदेखि फेब्रुअरीसम्म, ३१ वटा देशका ३०० वटा सरकारी कार्यालयहरूमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु अनुदान गरेको छ, जसद्वारा प्रत्येक देशमा आर्थिक र सामाजिक रूपमा सीमान्तकृत वर्गहरूमा गरिबी निवारण गर्न र समुदायको मूल्यमान्यता जागृत गर्नमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यसबाहेक, रक्तदान अभियान, वृद्धाश्रमको भ्रमण र विद्यालयमा पाठ्यसामग्री सहयोग जस्ता विभिन्न तरिकाले गर्दैआएको मानव कल्याणका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूबाट मण्डलीले प्रशंसा-पत्र, कदर-पत्र इत्यादि प्राप्त गरेको छ ।


१७५ वटा देशका ७,८०० ठाउँहरूमा ३७ लाख सदस्यहरू भएको परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान अभियान, प्रकोप राहत र शैक्षिक सहयोग जस्ता ३०,००० स्वयंसेवाका गतिविधिहरू आयोजना गरिसकेको छ । जसको कदरस्वरूप परमेश्वरको मण्डलीले तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ । गत महिना, पेरुका राष्ट्रपतिले मण्डलीलाई देशकै उत्कृष्ट राष्ट्रिय वातावरण अवार्ड प्रदान गरेका छन् ।

+ posts
ताजा
1 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
2 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
3 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
4 पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न