मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित | Jana Aawaj News

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

पढ्न लाग्ने समयः < 1 मिनेट
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित : Jana Aawaj News

सुर्खेत, २३ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।

वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलहरुबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।
प्रधानमन्त्री ओलीले विभिन्न उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गर्नुभयो ।

कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा डा महेन्द्र पि लामा प्रमुख अतिथि रहनुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाउनुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न