हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव सम्पन्न | Jana Aawaj News

हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा ७ गुण्डूमा रहेको हिमाल एकेडेमी स्कुलले २१ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम-२०८१ प्रमुख अतिथि बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापाको आतिथ्यमा सम्पन्न गरेको छ ।

२०८० को एसईईमा ४ जिपिए ल्याउन सफल विद्यालय हिमाल एकेडेमी स्कुलको प्रसंशा गर्दै प्रमुख अतिथि मन्त्री थापाले ४ जिपिए ल्याउने विपिना मिश्रलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने स्कुलका संचालक प्रिन्सिपल प्रदिप थापाले विद्यालयको तर्फबाट विपिना मिश्रलाई रु.२५,०००/- प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री भए पश्चात बागमति प्रदेशका जनताको लागि सेवा सुविधा स्तरोन्नति गर्न लागि परेको बताउनुभयो । साथै उहाँले हिमाल एकेडेमीले यस क्षेत्रमा दिएको शैक्षिक योगदानको कदर गर्नु पर्ने बताउनुभयो ।

विद्यार्थीहरुको विभिन्न प्रतिभा प्रस्तुत गरिएको वार्षिकोत्सव कार्यक्रममा अतिथि जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले विद्यालयले पढाईसँघै सीप समेत जोडेर लैजानु पर्ने कुरामा जोड दिनुभयो । सूर्यविनायक नगरपालिका वडा ७ का अध्यक्ष, सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता रविन्द्र सापकोटाले विद्यालयको प्रगतिमा खुलेर प्रसंशा गरी हिमाल एकेडेमीले यस नगरपालिकामा संस्थागत विद्यालयको रुपमा अब्बल सावित गर्न सफल भएकोमा धन्यवाद प्रदान गर्नु भएको थियो। उहाँलो जिपिए ४ ल्याउने विद्यार्थी विपिना मिश्र लगाएत सबैमा शुभकामना व्यक्त गर्नु भएको थियो । प्याव्सन भक्तपुरका अध्यक्ष राजन कस्पाल, समाजसेवी तथा बरिष्ठ चलचित्र निर्देशक मदन घिमिरे, कान्तिपुर पत्रिकाको सहायक सम्पादक राजेन्द्र बस्नेत, नेपाल पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा, नमस्ते ख्वप्प टेलिभिजनका ऋषिकेश श्रेष्ठ लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

विद्यालयको प्रगति एवं भावी योजना प्रस्तुत गर्दै प्रिन्सिपल प्रदिप थापाले २०७२ को भुकम्प तथा २०७७/२०७८ को कोभिड १९ को परिस्थितिमा समेत अभिभावकहरुले दिनु भएको साथ र सहयोग प्रति आभार प्रकट गर्नु भएको थियो । हिमाल एकेडेमी स्कुलका सल्लाहकार संजय खड्काले गुणस्तरीय शिक्षाको खोजीमा गुण्डू भन्दा बाहिर जानु नपर्ने बताउँदै हिमाल एकेडेमी नै रोज्न अभिभावक र विद्यार्थीहरुलाई उत्प्रेरित गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एसईई व्याच २०७६ देखि २०८० सम्मका १४६ जनालाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको साथै हिमाल एकेडेमी स्कुलमा विविध विधामा वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको जानकारी विद्यालयकी संयोजक प्रतिक्षा केसी थापाले बताउनुभयो

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न