यूनिटीमा अभिभावक अभिमुखीकरण सम्पन्न  | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

यूनिटीमा अभिभावक अभिमुखीकरण सम्पन्न 

पढ्न लाग्ने समयः < 1 मिनेट
यूनिटीमा अभिभावक अभिमुखीकरण सम्पन्न  : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सुर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा रहेको यूनिटी सेकेण्डरी स्कुलले २३ औँ स्थापना दिवसको अवसरमा शनिबार एक दिने अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न गरेको छ ।

शिक्षाकर्मी संजय खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि खड्काले विद्यालयले २३ औं बर्ष टेकिरहँदा शैक्षिक गुणस्तर र भौतिक संरचना लगायतमा निकै उपलब्धि प्राप्त गर्न सफल भएको बताउनु भयो । उहाँले यूनिटी स्कुलको उत्कृष्ट व्यवस्थापन र नेतृत्वको पहलमा अभिभावकको साथले विद्यार्थीले २०८० को एसईई मा ४ जिपिए ल्याउन सफल भएको उल्लेख गर्दै यूनिटी स्कुल नै बालबालिकाको उज्ज्वल भविष्यको थलो भएकाले अभिभावकहरु अन्यन्त्र टाढा जानुनपर्ने बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता उत्प्रेरक विकास देव योन्जनले अभिभावक, विद्यालय र विद्यार्थी बिचको महत्वका बारे चर्चा गर्दै असल अभिभावकत्व के हो ? र कसरी निर्वाह गर्न सकिन्छ भन्ने बारे बताउँदै अभिभावकले बालबालिकाहरुलाई समय दिनु पर्ने, उनीहरुको व्यवहार र संगतमा पनि ध्यान दिनु पर्ने जस्ता विषयहरुमा प्रशिक्षण गर्नुभएको थियो ।

साथै CTF मन्टेस्वरी ट्रेनरले यूनिटी स्कुलमा मन्टेश्वरी तालिम प्रदान गर्दै आएको र विद्यालयमा मन्टेश्वरी पद्द्तिबाट शिक्षण कार्य सुरु गरिएक बताउनु भयो। त्यसै गरी ४ जिपिए ल्याउने बोर्ड टपर आशिष थापा क्षत्रीले ४.० जिपिए प्राप्त गर्न मा विद्यालय र शिक्षकको प्रमुख भुमिका रहेको कुरा उल्लेख गर्दै विद्यालयमा विद्यार्थी मैत्री वातावरण नै आफू सफल हुन सक्नुको प्रमुख कारण रहेको बताउनुभयो ।

यूनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले विद्यालय २३ औँ वर्षमा प्रवेश गर्न सफल भएकोमा सम्पुर्ण अभिभावक प्रति हार्दिक आभार प्रकट गर्दै विद्यालयले यस शैक्षिक सत्र २०८१ देखि विशेष रुपले शैक्षिक क्रियाकलापका साथै विविध अतिरिक्त क्रियाकलाप तथा कार्यक्रम सन्चालन गर्न सफल भएकोले गर्दा विद्यार्थीको सिकाई र व्यवहारिक ज्ञानमा वृद्धि भएको बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
2 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
3 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
4 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x