अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता मूल समिति बैठक सम्पन्न | Jana Aawaj News

अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता मूल समिति बैठक सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता मूल समिति बैठक सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, चैत्र ८ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ देखि २६ गते सम्पन्न हुने अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता मूल समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।

बैठकमा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले भक्तपुरको मात्र नभई देशकै खेलकुदलाई क्षेत्रलाई अगाडि बढाउन खलकुदलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा हुने अन्तर नगर जिम्नाष्टिक खेलकुद प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न खेलकुद समिति, खेलाडी, निर्णायकलगायत सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबैको सामूहिक निर्णयमा यस वर्ष भक्तपुर नपाले जिम्नाष्टिक प्रतियोगिता गर्न लागेको बताउनुभयो ।

भौतिक पूर्वाधारको विकास पनि खेलकुद विकासको महत्वपूर्ण आधार भएको बताउँदै प्रमुख प्रजापतिले केही प्राविधिक कारणले भक्तपुर नपाले चाहेर पनि कभर्ड हल र खेलमैदानहरु निर्माण गर्न नसकेको बताउनुभयो ।

नेपाल जिम्नाष्टिक संघका अध्यक्ष एवम् सांसद धु्रवबहादुर प्रधानले भक्तपुर नपाले खेलकुद क्षेत्रमा गरिरहेको गतिविधिहरुबाट अन्य स्थानीय तहहरुलाई पनि प्रेरणा मिलेको बताउँदै जिम्नाष्टिक खेल सबै खेलहरुको प्रारम्भिक खेलको रुपमा रहेको र यो खेल सिकेपछि अन्य खेल खेल्न पनि सहज हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताउँदै विद्यालय तहदेखि खेलकुदमा विद्यार्थीहरुलाई सहभागी गराउन सके विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न १५१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा उपसमितिहरु गठन गरिएको जानकारी गराउँदै प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशिक्षक राजेश्वरमान स्थापित र भक्तपुर जिल्ला जिम्नाष्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले पनि बोल्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

 

+ posts
ताजा
1 बागमती प्रदेश महासंघको दोस्रो परिषद् भेला
2 औद्योगिक शान्ति नेपाल संस्थाद्वारा भक्तपुरमा महोत्सब हुने
3 ASEZ WAO द्वारा काठमाडौँकाे नक्साल Green Workplace वातावरण गोष्ठी सम्पन्न
4 उर्लाबारी र दमकद्वारा सामूहिक रुपमा १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न