शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणबाट ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज | Jana Aawaj News

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणबाट ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज

पढ्न लाग्ने समयः < 1 मिनेट
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणबाट ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज : Jana Aawaj News

जन आवाज न्युज /भक्तपुर, चैत्र २० ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ३३ औं कलेजो प्रत्यारोपण गरेका चितवनका ३९ वर्षीया पुरुष प्रत्यारोपणको आठौं दिनमा हिजो सकुशल डिस्चार्ज भएका छन् । उनलाई आधा कलेजो दान गर्ने उनकी ३७ वर्षीया श्रीमती शल्यक्रियाको छैठौं दिनमा डिस्चार्ज भएका हुन् ।

देशकै पहिलो कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रले देशको नियमित दुइ तिहाई कलेजो प्रत्यारोपण गर्ने गरेको छ । केन्द्रमा जम्मा रु. १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुने गरेको छ जुन संसारमै सबै भन्दा कम शुल्क मध्येमा पर्छ ।

केन्द्रले आफ्नै भवन विना सिमित जनशक्तिका बाबजुत पनि देशको सबैभन्दा धेरै कलेजो प्रत्यारोपण गर्ने संस्था हो र केन्द्रलाई उपयुक्त जग्गा उपलब्ध गराउन सके आफ्नै स्रोत साधनबाट ३०० बेडको भवन निर्माण गर्ने योजना बनाएको छ ।

हाल वार्षिक करीब २०० जनाको मृर्गौला र १५ जनाको कलेजो प्रत्यारोपण गरिरहेको यस केन्द्रलाई अन्य संस्था जस्तै शैक्षिक प्रतिष्ठान बनाउन सके ३०० प्रतिशत थप कलेजो तथा मृर्गौला प्रत्यारोपण गर्ने सक्ने लक्ष्य लिएको अस्पतालले जानकारी गराएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न