प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता | Jana Aawaj News

प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता : Jana Aawaj News

जन आवाज न्युज/बैङकक, २१ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख-सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त हुनुभएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न
2 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
4 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न