बिम्स्टेक शिखर सम्मेलन सुरु | Jana Aawaj News

बिम्स्टेक शिखर सम्मेलन सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
बिम्स्टेक शिखर सम्मेलन सुरु : Jana Aawaj News

जन आवाज न्युज/बैङकक, २२ चैत  । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो ।

सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गर्नुभएको थियो । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुले सम्बोधन गर्ने तालिका रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न