नेकलाई प्राइभेट होइन विश्वविद्यालय बनाउनेछौं ˸ मेयर मिश्र | Jana Aawaj News

नेकलाई प्राइभेट होइन विश्वविद्यालय बनाउनेछौं ˸ मेयर मिश्र

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकलाई प्राइभेट होइन विश्वविद्यालय बनाउनेछौं ˸ मेयर मिश्र : Jana Aawaj News

भक्तपुर । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले नेपाल इन्जिनियरिङ कलेज नेकलाई प्राइभेट कलेज कुनै पनि हालतमा बनाउन नदिने बताउदैं यसलाई विश्वविद्यालय बनाउने बताउनुभएको छ ।
नेक कलेजको २७ औं स्थापना दिवसको अवसरमा कलेज व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मिश्रले दुवाकोटमा रहेको यो कलेजलाई केहि वर्षभित्र नै विश्वविद्यालय बनाउने बताउनुभएको हो ।

कार्यक्रममा उहाँले कलेजलाई कुनै पनि हाललमा प्राइभेट बनाउन नदिने बताउदैं सडकदेखि सदनसम्म लडेर भएता पनि कलेजलाई निजी हुन नदिने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले २० वर्षदेखि कलेजमा सेवारत रहेका २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान तथा दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मान समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्राडा भोला थापा, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, जल तथा उर्जा आयोगका सचिव मणिराम गेलाल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं कलेज सञ्चालक समितिका सदस्य मुकेश केशरी, कलेजका संस्थापक एवं पूर्वमन्त्री हरिप्रसाद पाण्डे, विश्वविद्यालयका प्रतिनिधि उपप्राध्यापक अर्जुन गौतम, कलेजका सहायक प्राचार्य एवं स्थापना दिवस समारोह समितिका संयोजक सह प्राध्यापक दुर्गाप्रसाद भण्डारी, प्रशासन प्रमुख श्रीमा शर्मा, कर्मचारी प्रतिनिधि मनोहर खनाल, शिक्षक प्रतिनिधि उप प्राध्यापक धर्मराज बगालेलगायतले कार्यक्रममा आ–आफ्नोे धारणा राख्नुभएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न