जर्मनी चुनाबमा आर्मिन लोशेट पराजित | Jana Aawaj News

जर्मनी चुनाबमा आर्मिन लोशेट पराजित

पढ्न लाग्ने समयः < 1 मिनेट
जर्मनी चुनाबमा आर्मिन लोशेट पराजित : Jana Aawaj News

एजेन्सी । जर्मनीमा हालै सम्पन्न आम चुनावको मतगणनामा चान्सलर एंगेला मर्केलका उत्तराधिकारी आर्मिन लोशेट पराजित भएका छन् ।
बसम्पन्न आम चसनाबमा मध्य–वामपन्थी दल सोसल डेमोक्रेट्सले मतको ठूलो हिस्सा जितेको छ भने, डेढ दशक जर्मन सत्ता सम्हालेकी चान्सलर एन्जेला मर्केलको मध्य–दक्षिणपन्थी युनियन ब्लक पछि गरेको छ ।
उक्त मत गणनामा सोसल डेमोक्रेट्सले २५ दमलव ७ प्रतिशत अर्थात २०६ सिट जितेको छ भने, युनियन ब्लकको पक्षमा २४ दशमलव १ प्रतिशत मत अर्थत १ सय ९६ सिट जितेको बताइएको छ ।
यता सन् १९४९ यता पहिलोपटक डेनिस अल्पसंख्यकको पार्टी एसएसडब्ल्युले संसदमा एक सिट जित्न सफल भएको छ ।
सो चुनाबमा फ्री डेमोक्रेट्सले ११ दशमलव ५ प्रतिशत मत हासिल गरेको छ भने, वातावरणवादी ग्रीन पार्टी तेस्रो, चरम दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनीले १० दशमल ३ प्रतिशत र लेफ्ट पार्टीले ४ दशमल ९ प्रतिशत मत पाएका बताइएको छ ।

 

+ posts