ASEZ STAR द्वारा गोदावरी नपामा (SDGs) कार्यान्वयनका लागि बैठक तथा कार्यक्रम सम्झौता समारोह” सम्पन्न | Jana Aawaj News

ASEZ STAR द्वारा गोदावरी नपामा (SDGs) कार्यान्वयनका लागि बैठक तथा कार्यक्रम सम्झौता समारोह” सम्पन्न

भिडियो सहित :

पढ्न लाग्ने समयः 2 मिनेट
ASEZ STAR द्वारा गोदावरी नपामा (SDGs) कार्यान्वयनका लागि बैठक तथा कार्यक्रम सम्झौता समारोह” सम्पन्न : Jana Aawaj News

नारायण थापा
जन आवाज न्युज/ललितपुर बैशाख, ४ गते । गोदावरी क्षेत्रका फूलचोकी सेकेन्डरी स्कुल र किटिनी सेकेन्डरी स्कुलका विद्यार्थीहरूद्वारा “ASEZ STAR नेपाल गोदावरी शाखा गोदावरी नगरपालिका दिगो विकास लक्ष्यहरू(SDGs) कार्यान्वयनका लागि बैठक तथा कार्यक्रम सम्झौता समारोह” सम्पन्न गरेको छ।


उक्त कार्यक्रममा गोदावरी साइनिङ स्टार फुलचोकी सेकेन्डरी स्कुलका अध्यक्ष गौरव दर्नालले ASEZ STAR को परिचय र ASEZ STARले गरिरहेको गतिविधिहरूको विषयमा प्रकाश पारिदिनुभयो। फोहोर सडक पार्क सहरी क्षेत्र र पहाडहरू सरसफाई गरेर विभिन्न जीवहरू रहने स्वच्छ स्थलीय पारिस्थितिक प्रणाली निर्माण गर्ने मुख्य उद्देश्यका साथ असल चरित्र र व्यावहारिक शिक्षा साथै असल छिमेकी भएर विश्वभरिका मानिसहरूमा  न्यानोपन र प्रेम प्रवाह हुने गतिविधिहरु गरिरहेका छौं  आशिष स्टारले विश्वका ७ वटा देशहरूमा ९०० पटक स्वयंसेवा गतिविधिहरू सञ्चालन गरेर करिब १०० पटक मिडियाबाट प्रसारण हुँदै संयुक्त राज्य अमेरिकाबाट अमेरिकी राष्ट्रपतिय स्वयंसेवा स्वर्ण अवार्ड र अन्य धेरै प्रमाणपत्र र प्रशंसा पत्रहरुद्वारा सम्मानित भएको कुरा उल्लेख गर्नुभयो।
यसैगरी गोदावरी क्षेत्रमा पनि विभिन्न गतिविधिहरू जस्तै वातावरण सरसफाई वृक्षारोपण विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रमहरू साथै रुमाल प्रयोग गर्ने च्यालेन्ज पनि सम्पन्न गरिएको बताउनुभयो।”

कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आज गरिएको गतिविधिहरू एकदमै सराहनीय र प्रशंसायोग्य छ, भन्नुहुँदै MOU मा हस्ताक्षर गर्नुभएर समर्थन जनाउनुभयो।

उक्त कार्यक्रममा मेयरज्यूले “ASEZ STAR ले वातावरणीय क्षेत्रमा, शान्तिको क्षेत्रमा र असल नागरिक  निर्माण गर्ने सम्बन्धमा राम्रो सन्देश दिनुहुँदै लगातार  निस्वार्थ रूपमा स्वयंसेवा गतिविधिहरू गर्दै हुनुहुन्छ। ASEZ STAR का भाइबहिनीहरू पक्कै पनि भविष्यमा असल नागरिक भएर देशको सेवा गर्ने ठाउँमा पुग्नुहुने छ,  भनी मैले ठूलो विश्वास लिएको छु। यस्ता किसिमका गतिविधिहरू निरन्तर गरिरहनु भन्नुहुँदै साथ र सहयोग गर्ने प्रतिबद्धता समेत  व्यक्त  गर्नुभयो। साथै उहाँले आगामी दिनहरूको लागि भाइबहिनीहरूलाई शुभकामना व्यक्त गर्दछु” भन्नुभयो।

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न