प्रधानमन्त्र र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट | Jana Aawaj News

प्रधानमन्त्र र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्र र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरुबीच भेट भएको हो । विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएको हो ।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उहाँको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गर्नुभयो । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताउनुभयो ।

+ posts