विश्व औलो दिवस, २०८२ को सन्दर्भमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न | Jana Aawaj News

विश्व औलो दिवस, २०८२ को सन्दर्भमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

भिडियो सहित

पढ्न लाग्ने समयः 2 मिनेट
विश्व औलो दिवस, २०८२ को सन्दर्भमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न : Jana Aawaj News

नारायण थापा

जन आवाज न्युज/भक्तपुर बैशाख, १२ गते । शुक्रबार विश्व औलो दिवस, २०८२ को अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पुनर्लगानी, पुनर्सोंच र पुनर्जागरणः हामीबाटै औलो निवारण भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खडकाले भक्तपुरमा अघिल्लो वर्स सुडान बाट आएको एक जनामा औलो देखिएको थियो भने गत वर्षदेखि हालसम्म भक्तपुरमा औलोको विरामि नभएको तथ्यले बताएको जानकारी गराउनुभयो ।

बागमती प्रदेशमा ८१/८२ मा ९१ जनामा औलो देखिको छ, भने राष्ट्रिय स्तरमा भने ७९१ जनामा औलो रोग देखिएको जनस्वास्थ्य कार्यालय भक्तपुरका ल्याब टेक्निसिएन तिब्रता शर्माले औलो रोगको विसयमा प्रस्तुति दिनुभएको थियो । तर गत वर्षदेखि हालसम्म भक्तपुरमा औलोको विरामि नभएको जानकारी गराउनुभयो ।

सन् २००७ मा बसेको विश्व स्वास्थ्य सम्मेलको ६० औं सभाले सन् २००८ देखि २५ अप्रिललाई विश्व औलो दिवस मनाउने निर्णय गरे अनुरुप नेपालले पनि हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी विश्व औले दिवस मनाउने गरेको छ ।

विश्व औलो दिवसको यस वर्षको नाराले विश्वव्यापी रुपमा औलो निवारणको लक्ष्य हासिल गर्न, औलोको रोकथाम र नियन्त्रण‌का प्रयासहरूमा नयाँ प्रतिवद्धता, नवीन समाधानका उपायहरू र थप लगानीको आवश्यकता रहेको सन्देश दिएको छ। साथै सबै सरोकारवालाहरूलाई औलोसँग लड्न नयाँ तरिकाले सोच्न र पुनर्जागृत हुन प्रेरित गरेको छ।
कार्यक्रम संचालन रुपा त्याथले गर्नुभएको थियो ।

नेपालको औलो निवारण कार्यकमहरु, सर्ने माध्यम, राष्ट्रिय रणनीतिहरु, नेपालमा औलो रोगको अवस्था, औलो रोग निवारणका लागि संचालित कार्यक्रमहरु, चुनौतीहरु र कार्यक्रमका आगामी प्राथमिकताहरु निम्न अनुसार छन् :

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न