काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा | Jana Aawaj News

काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा

पढ्न लाग्ने समयः < 1 मिनेट
काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाको  नियन्त्रणमा : Jana Aawaj News

एजेन्सी । अमेरिकी सैनिकले काबुलमा रहेको हामिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएका छन् ।
तालिबान काबुलमा आएसँगै त्यहाँबाट बाहिरिन चाहेका नागरिकको भिडभाड भएकाले अमेरिकी सैनिकले काबुलको एअर ट्राफिक कन्ट्रोल आफ्नो नियन्त्रणमा लिएको हो । उसले आफ्ना नागरिक तथा कर्मचारीहरु तथा सहयोगी देशका कर्मचारी तथा नागरिकको उद्धारलाई प्राथमिकता दिएको बताइएको छ ।
यस्तै अहिले अधिकांश व्यवसायिक उडानहरु रद्द भएका छन् भने, तालिबान बिद्रोहीहरु काबुल प्रवेश गरेसँगै बाहिरिन चाहने काबुलका बासिन्दाहरु विमानस्थल तर्फ गएको भिडभाडसहितका तस्बिर तथा भिडियो सार्वजनिक भएको हो ।
अमेरिकी सैनिकले सोमबार बिहान विमानस्थलमा अत्यधिक भिडभाड भएका कारण अवस्था नियन्त्रणमा लिनका लागि हवाई फायर गरिएको पनि जनाएको छ । विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा विशेष भिसाका लागि योग्य भएका अफगान अमेरिकी सैन्य अभियानको क्रममा सहयोग गरेका नागरिकको उद्धारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । विशेष भिसामा गएको दुई हप्तामा झण्डै दुई हजार मानिस अमेरिका पुगेको पनि बताइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न