नगर प्रमुख प्रजापतिद्वारा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर शुभारम्भ | Jana Aawaj News

नगर प्रमुख प्रजापतिद्वारा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर शुभारम्भ

पढ्न लाग्ने समयः < 1 मिनेट
नगर प्रमुख प्रजापतिद्वारा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर शुभारम्भ : Jana Aawaj News

भक्तपुर । नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका दुढपाटीस्थित एक्सटेन्सन काउण्टर सञ्चालनको कार्य आजदेखि शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त एक्सटेन्सन काउण्टरको आज एक समारोहबीच रीबन काटेर उद्घाटन गर्नुभएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नेपाल बैंक लि. जनताले बढी विश्वास गरेको बैंक भएको र भक्तपुर नगरपालिकाले सरकारको लगानी भएको बैंकलाई प्रोत्साहित गर्न नगरपालिकाका कारोबारहरु यसै बैंकमार्फत गरिरहेको जानकारी गराउनुभयोे ।
प्रमुख प्रजापतिले सिंहदरबारभित्र हुने सबै आर्थिक कारोबार विदेशी लगानी भएको बैंकमार्फत हुँदै आएकोप्रति आपत्ति जनाउनुहुँदै यसबाट बैंकमार्फत नेपालका महत्वपूर्ण व्यक्तिको सूचना बाहिरिने सम्भावना भएको बताउनुभयो । सिंहदरबारभित्र सरकारी स्वामित्वकै बैंकमार्फत कारोबार गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
भक्तपुर क्याम्पस प्रमुख डा। कृष्णप्रसाद पोखरेलले नेपाल बैंक लि. नेपालकै पुरानो र गौरव बोकेको संस्था भएको बताउनुहुँदै बैंकले सेवाग्राहीहरुलाई नयाँ प्रविधि रनगर प्रमुख प्रजापतिद्वारा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर शुभारम्भ
नयाँ सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको बताउनुभयोे ।
नेपाल बैंक लि. बागमती प्रदेशका प्रमुख निलुजा श्रेष्ठले सबैको मायाले संस्था सञ्चालन गर्न हौसला प्राप्त भएको बताउनुहुँदै नेपालका निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्दै नेपाल बैंक लि. ले उत्कृष्ट सेवा सुविधा प्रवाह गर्दै आएको र बागमती प्रदेशको १३ वटै जिल्लामा शाखा रहेको र १६ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न