
काठमाडौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्न संसद सचिवालयलाई पत्र पठाएको छ ।
यस्तै एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, कलिला खातुन,सरलाकुमारी यादव, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको संसद पद खारेज गर्ने पत्र संसद सचिवालयमा दर्ता गरिएको छ ।
एमालेले संसद सचिवालयमा दर्ता गरेको सूचनापछि सभामुखले १५ दिनभित्र यसबारे निर्णय गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj