परमेश्वरको मण्डलीद्वारा लामबगरमा बृहत सरसफाई अभियान सम्पन्न (फोटो फिचर) | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा लामबगरमा बृहत सरसफाई अभियान सम्पन्न (फोटो फिचर)

भिडियो सहित

पढ्न लाग्ने समयः 7 मिनेट
परमेश्वरको मण्डलीद्वारा लामबगरमा बृहत सरसफाई अभियान सम्पन्न (फोटो फिचर) : Jana Aawaj News

नारायण थापा
जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडौं लामबगर, नयाँ बजार र पदमसारको संयुक्त आयोजनामा बिहिबार प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस तथा विश्व महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
बिहीवार आयोजना गरिएको बृहत सरसफाई कार्यक्रम गोकुल रायमाझीले संचालान गर्नुभएको थियो, भने कार्यक्रममा ३०० भन्दा बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरु र स्थानीय निकाय, प्रहरी प्रशासनको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा लामबगरको सेसमतीदेखि जनङ्खुसम्मको बजार क्षेत्र सडक र सडक पेटी क्षेत्र सरसफाई गरी करिब ठुलो टिपरको एक टिपर प्लास्टिक जन्य फोहर सङ्कलन गरिएको थियो ।

नेपालका विभिन्न जिल्लाहरूमा मण्डलीले निरन्तर रूपमा गर्दै आइरहेको सो कार्यक्रममा गत साता मेलम्ची खोला परिसर साथै विभिन्न क्षेत्रहरूमा बृहत सरसफाई गर्दै आइरहेको छ ।

कार्यक्रममा परमेश्वरका मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमले कार्यक्रमको नाममा भएको विश्व वातावरण दिवस प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान चाहिँ आमाको मन लिएर गरौँ भन्दै प्रोत्साहन दिनुभएको थियो ।

उक्त कार्यक्रममा तार्केस्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले दिनप्रतिदिन वातावरण बिनास भैरहेको छ । यसप्रति सरकारले ध्यान दिनुपर्ने हो, तर परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले वातावरण सफाई अभियान संचालन गरेको छ । जबसम्म हामिभित्रबाट नै फोहोर गर्नुहुदैन भन्ने भावना जाग्दैन तबसम्म हाम्रो एकल प्रयासले मात्र सम्भव हुदैन । आज यो ठाउँमा हरियो लुगा लगाएर सरसफाईको निम्ती यो ठाउँमा आउनुभएको छ , यो ठाउँका मानिसहरुले सरसफाइ गर्न आएको देखेर सफाई महत्वोपुर्ण रहेछ भन्ने कुराको महशुस गर्नेछ्न । परमेश्वरको मण्डलीले यो ठाउँमा सरसफाइ कार्यक्रमको आयोजना गर्नुभएकोमा आयोजक टिमलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसैगरि उक्त कार्यक्रममा मण्डलीका सदस्य सुरेन्द्रले विश्वव्यापी आशा च्यालेन्च अन्तर्गत प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियानको आयोजना गरेका छौ । यो कार्यक्रम नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा निरन्तर संचालन गर्दै आएका छौ र भविस्यमा पनि यो सरसफाई अभियानलाई निरन्तरता दिने प्रदिवद्द्ता जनाउनुभयो ।

परमेश्वरको मण्डलीले सञ्चालन गर्ने बाँडचुडका गतिविधिको आधार नै छिमेकीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नु भन्ने ख्रीष्टको शिक्षा हो । कसैलाई पनि एक्लो हुन नदिउँ भन्ने मनद्वारा सन्तहरुले छिमेकी सहयोग प्रकोप राहत वातावरण सरसफाई रक्तदान शैक्षिक सहयोग आदि विभिन्न विधाहरूमा स्वयंसेवा गर्दै आएको छ । गत महिनाको ११ तारिखमा नुवाकोटको दुपचेश्वरको श्री कौकेश्वरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा कम्प्युटर सेट १० स्थान वितरण गर्दै किशोर किशोरी युवाहरूको सपना पूरा गर्न मद्दत गरे । गत महिनाको परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवक समूह आसेजले ललितपुरमा अवस्थित वृद्धाश्रमको भ्रमण गरेर त्यहाँका जेष्ठ नागरिकलाई रात्री भोजनले सत्कार गर्दै उहाँहरूप्रतिको सम्मान र कृतज्ञता व्यक्त गरे सन्तहरुले काठमाडौँको मित्र पार्क र मेडिकल कलेज ललितपुरको मुनलाइट उच्च माध्यमिक विद्यालय र स्मृति उच्च माध्यमिक विद्यालय पृथ्वीनारायण क्याम्पस आदि देशभरिका थुप्रै सहर पहाड नदीनाला आदिमा वातावरण सरसफाई गर्दै संरक्षणमा पनि एक साथ जुटेका थिए ।

सन् २०१५ मा विनाशकारी भूकम्प जाँदा सन्तहरुले गरेको निस्वार्थ उद्धारको कार्यलाई छुट्टाउन सकिँदैन । पराकम्पको जोखिममा पनि करिब १५००० सन्तहरुले ७१० क्षेत्रहरूमा मर्मत सम्भार घाइते उद्धार आदिमा लागिपरेका थिए । पीडितहरूको सहयोगार्थ आकस्मिक उद्धार सामग्री र अनुदान सहयोग गर्नुको साथै सेर्तुंग र तिप्लिङ जस्ता सवारी नपुग्ने हिमाली दुर्गम गाउँमा भएका हजार घरधुरीका लागि हेलिकप्टरबाट १४ पटकसम्म ओहोरदोहोर गरेर खाद्यान्य सामग्री सहयोग गरेका थिए । भूकम्पले गर्दा सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी प्राथमिक तथा माध्यमिक विद्यालयको भवन पुननिर्माण गरेर भावी पुस्ताहरूलाई आशाको उपहार प्रदान गरेका थिए ।
मण्डलीबाट गरिएका यस्ता समर्पणयुक्त स्वयंसेवाको कदरस्वरूप बागमती प्रदेशको सामाजिक विकास मन्त्रीबाट प्रदेशको सामाजिक विकास मन्त्रीबाट यसैगरी श्री सरस्वती माध्यमिक विद्यालयका प्राधानाध्यापकबाट श्री जनता प्राथमिक विद्यालयका प्रध्यानाध्यापकबाट नन्दी विद्यार्थी कल्याणकोशका निर्देशक इन्द्रायणी प्राथमिक विद्यालयका प्राधानाध्यापक आदि विभिन्न संस्थाहरुबाट परमेश्वरको मण्डलीलाई प्रशंसा–पत्र हस्तान्तरण गरिएको थियो ।

परमेश्वरको मण्डलीचाहिँ विश्वभरि १७५ वटा देशहरूमा ७,५०० वटा भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । ३७ लाख सन्तहरुले बाइबलको शिक्षा अनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् । २७ हजार पटक भन्दा बढी स्वयंसेवा गतिविधि गरेबापत यो मण्डलीले अमेरिकी राष्ट्रपतिय अवार्ड कोरियाली राष्ट्रपति अवार्ड ब्राजिलियन विधायकी पदक आदि कुल ४,२०० वटा भन्दा बढी अवार्डहरु प्राप्त गरेको छ ।

 

सरसफाइ पछिको सफा सडककाे दृश्य :

भिडियो तल हेर्नुहोस्  : 

 

 

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न