परमेश्वरको मण्डलीद्वारा विष्णुमती खोला परिसरमा बृहत सरसफाई अभियान सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा विष्णुमती खोला परिसरमा बृहत सरसफाई अभियान सम्पन्न

भिडियो सहित

पढ्न लाग्ने समयः 6 मिनेट
परमेश्वरको मण्डलीद्वारा विष्णुमती खोला परिसरमा बृहत सरसफाई अभियान सम्पन्न : Jana Aawaj News

नारायण थापा

जन आवाज न्युज/काठमाडौं जेष्ठ, ०७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडौं क्षेत्रीय संगठनले बुधबार विष्णुमती खोला परिसरमा प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस तथा विश्व महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

बुधबार आयोजना गरिएको बृहत सरसफाई कार्यक्रम गोकुल रायमाझीले संचालान गर्नुभएको थियो, भने कार्यक्रममा ३०० भन्दा बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टोखा, काठमाडौं, पुतलीसडक, ग्रीन्ड ल्याण्ड र साङला आदि क्षेत्रहरूका सदस्यहरु र स्थानीय प्रशासनको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बजार क्षेत्र सडक पेटी क्षेत्र सरसफाई गरी करिब ठुलो टिपरको एक टिपर प्लास्टिक जन्य फोहर सङ्कलन गरिएको थियो ।

नेपालका विभिन्न जिल्लाहरूमा मण्डलीले निरन्तर रूपमा गर्दै आइरहेको सो कार्यक्रममा गत साता मेलम्ची खोला परिसर साथै विभिन्न क्षेत्रहरूमा बृहत सरसफाई गर्दै आइरहेको छ ।

कार्यक्रममा परमेश्वरका मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमले कार्यक्रमको नाममा भएको विश्व वातावरण दिवस प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान चाहिँ आमाको मन लिएर गरौँ भन्दै प्रोत्साहन दिनुभएको थियो ।

उक्त कार्यक्रममा टोखा नगरपालिकाका अध्यक्ष प्रकाश अधिकारीले परमेश्वरको मण्डलीले सरसफाईलाई निःस्वार्थ भावले सहभागी मण्डलीका सबै सदस्यरुलाई टोखा नगरपालिकाको तर्फबाट धन्यवाद दिनुभयो । देश हाम्रो गौरव हो कर्मथलो भएकोले हामी सबैले यसको संरक्षण गर्नुपर्नै हाम्रो दायित्व हो । यस टोखा नगरपालिकाका सबै संघसंगठन र सबै मानिसहरुले दिनमा दश मिनेट मात्र दिएर वरपर भएको फोहोर टिप्ने र डस्बिनमा हाल्ने हो, भने टोखा एक हप्तामा सफा हुने बताउनुभयो । परमेश्वरको मण्डलीले राम्रो कामको थालनी गर्दै आएकोले टोखा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा टोखा नगरपालिकाको प्रशासकीय प्रमुख शेर बहादु बी.सीले विश्व वातावरण दिवस तथा विश्व महासागर दिवसको उपलक्ष्यमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले प्लाष्टिकजन्य फोहोरहरु संकलन गर्नको लागि आज यो कार्यक्रमको आयोजना गरको छ, यो कार्य उत्कृष्ट भएको बताउनुभयो । हामीहरुले प्लाष्टिक न्युनिकरणका लागि गरेको यो कार्यलाई निरन्तरता दिनको लागि समेत आग्रह गर्नुभएको थियो । प्लाष्टिकको साटो कागज प्रयोग गरेमा प्लाष्टिक न्युनिकरण गर्न सकिने बताउदै हरेक घर घरमा प्रयोग गरिने प्लाष्टिकलाई न्युनिकरण गरेमा फोहोरमुक्त वातावरणको परिकल्पना गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा टोखा नगरबासीहरुको स्वस्थ र हर्षपूर्ण जीवनको कामना गर्दै यस नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यका साथ टोखा नगरपालिका वडा नं. ३ मा विश्वब्यापी आशा च्यालेन्ज अन्तर्गत प्लाष्टिक फुटप्रिन्ट मेटाउने अभियान नामक बृहत सरसफाई कार्यक्रम आयोजना गरेकोले कृतज्ञता व्यक्त गर्दै परमेश्वरको मण्डली विश्व सुमाचार समाजलाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले परमेश्वरको मण्डलीलाई प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको थियो ।

आजको उक्त सरसफाई कार्यक्रममा महानगरीय अस्थायी प्रहरी प्रभागको कार्यालय प्रमुख प्रहरी निरिक्षक शरण बिक्रम शाह, ढलमल प्रगति टोल विकासका अध्यक्ष हरि शरण खरेल लगाएतको उपस्थिति रहेको थियो ।


परमेश्वरको मण्डलीले सञ्चालन गर्ने बाँडचुडका गतिविधिको आधार नै छिमेकीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नु भन्ने ख्रीष्टको शिक्षा हो । कसैलाई पनि एक्लो हुन नदिउँ भन्ने मनद्वारा सन्तहरुले छिमेकी सहयोग प्रकोप राहत वातावरण सरसफाई रक्तदान शैक्षिक सहयोग आदि विभिन्न विधाहरूमा स्वयंसेवा गर्दै आएको छ । गत महिनाको ११ तारिखमा नुवाकोटको दुपचेश्वरको श्री कौकेश्वरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा कम्प्युटर सेट १० स्थान वितरण गर्दै किशोर किशोरी युवाहरूको सपना पूरा गर्न मद्दत गरे । गत महिनाको परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवक समूह आसेजले ललितपुरमा अवस्थित वृद्धाश्रमको भ्रमण गरेर त्यहाँका जेष्ठ नागरिकलाई रात्री भोजनले सत्कार गर्दै उहाँहरूप्रतिको सम्मान र कृतज्ञता व्यक्त गरे सन्तहरुले काठमाडौँको मित्र पार्क र मेडिकल कलेज ललितपुरको मुनलाइट उच्च माध्यमिक विद्यालय र स्मृति उच्च माध्यमिक विद्यालय पृथ्वीनारायण क्याम्पस आदि देशभरिका थुप्रै सहर पहाड नदीनाला आदिमा वातावरण सरसफाई गर्दै संरक्षणमा पनि एक साथ जुटेका थिए ।

सन् २०१५ मा विनाशकारी भूकम्प जाँदा सन्तहरुले गरेको निस्वार्थ उद्धारको कार्यलाई छुट्टाउन सकिँदैन । पराकम्पको जोखिममा पनि करिब १५००० सन्तहरुले ७१० क्षेत्रहरूमा मर्मत सम्भार घाइते उद्धार आदिमा लागिपरेका थिए । पीडितहरूको सहयोगार्थ आकस्मिक उद्धार सामग्री र अनुदान सहयोग गर्नुको साथै सेर्तुंग र तिप्लिङ जस्ता सवारी नपुग्ने हिमाली दुर्गम गाउँमा भएका हजार घरधुरीका लागि हेलिकप्टरबाट १४ पटकसम्म ओहोरदोहोर गरेर खाद्यान्य सामग्री सहयोग गरेका थिए । भूकम्पले गर्दा सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी प्राथमिक तथा माध्यमिक विद्यालयको भवन पुननिर्माण गरेर भावी पुस्ताहरूलाई आशाको उपहार प्रदान गरेका थिए ।

मण्डलीबाट गरिएका यस्ता समर्पणयुक्त स्वयंसेवाको कदरस्वरूप बागमती प्रदेशको सामाजिक विकास मन्त्रीबाट प्रदेशको सामाजिक विकास मन्त्रीबाट यसैगरी श्री सरस्वती माध्यमिक विद्यालयका प्राधानाध्यापकबाट श्री जनता प्राथमिक विद्यालयका प्रध्यानाध्यापकबाट नन्दी विद्यार्थी कल्याणकोशका निर्देशक इन्द्रायणी प्राथमिक विद्यालयका प्राधानाध्यापक आदि विभिन्न संस्थाहरुबाट परमेश्वरको मण्डलीलाई प्रशंसा–पत्र हस्तान्तरण गरिएको थियो ।

परमेश्वरको मण्डलीचाहिँ विश्वभरि १७५ वटा देशहरूमा ७,५०० वटा भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । ३७ लाख सन्तहरुले बाइबलको शिक्षा अनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् । २७ हजार पटक भन्दा बढी स्वयंसेवा गतिविधि गरेबापत यो मण्डलीले अमेरिकी राष्ट्रपतिय अवार्ड कोरियाली राष्ट्रपति अवार्ड ब्राजिलियन विधायकी पदक आदि कुल ४,२०० वटा भन्दा बढी अवार्डहरु प्राप्त गरेको छ ।

सडक सरसफाई पश्चात देखिएको दृश्य :

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न