ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन हुदै | Jana Aawaj News

ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन हुदै

पढ्न लाग्ने समयः < 1 मिनेट
ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन हुदै : Jana Aawaj News

जन आवाज न्युज /भक्तपुर । ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन यहि जेष्ठको ८ र ९ गते हुने भएको छ । ख्वप कलेजले अध्ययन अध्यापन सँगै अनुसन्धान र अनुसन्धान कार्यपत्र प्रस्तुतीमा विशेष पहल गदै आएको छ । विगतका वर्षहरुमा ख्वप कलेजले ३ पटक राष्ट्रिय सम्मेलन सफलतापुर्वक आयोजना गरिसकेको छ ।

अब हुने सम्मेलन ख्वप कलेजले चौथो पटक आयोजना गदै छ । यस सम्मेलन मुख्य विषय “वाताबरण, सामाजिक र शासन व्यवस्थामा नविनता” रहेको छ । यसै अन्र्तगत रहेर दुई दिने सम्मेलनमा ६० भन्दा बढि कार्यपत्रहरु प्रस्तुत हुदै छ । यस सम्मेलनमा अन्तराष्टीय अनुसन्धान कार्य पत्रहरु पनि प्रस्तुत हुने जानकारी सम्मेलनका सयोजक डा. राजकुमार प्रधानले दिनु भयो । यस सम्मेलनमा व्यवस्थापन संकायका डिन प्रोफेसर डा. महानन्द चालिसे र नेपाल खुल्ला विश्वविद्यालय, व्यवस्थापन तथा कानुन संकायका डिन प्रोफेसर डा. अरहन स्थापितले किनोट स्पिच Keynote speech दिनुहुनेछ । यस सम्मेलनको मुख्य आकर्षणको रुपमा दोस्रो दिन “ शासन पुर्नपरिभाषा : दिगो भविष्यका लागि कानुनी, वातावरणीय र व्यवस्थापकीय समन्वय” विषयमा प्यानल डिस्कसन हुदैछ । यस डिस्कसनमा वरिष्ट कानुनविद डा. भिमाजुर्न आचार्य, त्रि. वि वाताबरण विभागका प्रोफेसर डा. रेजिना मास्के र बाग्मती विश्वविद्यालयका व्यवस्थापन तथा कानुन संकायका डिन डा गंगाराम विश्वर्कमा प्यानलिटको रुपमा हुनुहुन्छ ।

अनुसन्धान महत्वपुर्ण विषय हो । यसै माफर्त नै विकासका विmयाकलापको सुरुवात हुने गर्दछन् । शैक्षिक उन्नयनका लागी यस्ता सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने कुरा कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठ बताउनु हुन्छ । यस दुई दिने सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका श्रदय अध्यक्ष वरिष्ट राजनितिज्ञ नारायणमान विजुक्छ ले गर्नुहुनेछ । ख्वप कलेज र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यो सम्मेलन हुदैछ ।

 

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न