परमेश्वरको मण्डलीद्वारा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान अन्तर्गत भरतपुरको नारायणी नदी किनारमा सरसफाइ सम्पन्न | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

परमेश्वरको मण्डलीद्वारा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान अन्तर्गत भरतपुरको नारायणी नदी किनारमा सरसफाइ सम्पन्न

भिडियो सहित

पढ्न लाग्ने समयः 4 मिनेट
परमेश्वरको मण्डलीद्वारा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान अन्तर्गत भरतपुरको नारायणी नदी किनारमा सरसफाइ सम्पन्न : Jana Aawaj News

रशिला थापा

भक्तपुर जेठ, १२ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भरतपुर महानगरपालिका वडा नं. १ नारायणी नदी किनार परिसरमा सरसफाइ सम्पन्न गरेको छ ।

आजको सरसफाइ कार्यक्रममा कार्बन न्यूनीकरणमा नेतृत्व गर्दै परमेश्वरको मण्डलीका करीब ३०० जना सदस्यहरुको सहभागीता रहेको थियो ।


कार्यक्रम माभरतपुर महानगरपालिकाका वडा नं. १ का वडा प्रमुख श्री केशव महर्जनले “सरसफाइ नै मानजातिको देखिने पहिचान हो, यस्तो कार्य अझ हामीले गरिरहनुपर्छ, परमेश्वरको मण्डलीले समाजलाइ सरसफाइद्वारा असल नमूना देखाएको छ । मेरो क्षेत्रमा पनि यस्तो कार्य गरिदिनुभएकोमा मण्डलीप्रति विशेष धन्यबाद भन्दै” आभार व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका वातावरण शाखाद्वारा स्वयंसेवकहरूका लागि मास्क, पञ्जा तथा फोहोर व्यवस्थापनको निम्ति सवारी साधन उपलब्ध गराइदिनुभएर स्वयंसेवा गतिविधिमा सहयोग पुर्याइदिनुभयो ।

स्वयंसेवकहरूले आन्तरिक तथा बाह्य पर्यटकको निम्ति मुख्य आकर्षक केन्द्र रहेको नारायणी नदि किनार परिसरका पसलका स्थानहरू, माइक्रो बस स्टपहरूचबाट चुरोटको ठुटा, चाउचाउ तथा बिस्कुटका खोलहरू, खानेकुराका डब्बाहरू, प्लास्टिकका कपहरू, सिसिका बोतल र कागजहरू जस्ता विभिन्न फोहोरहरू सङ्कलन गरेका थिए ।

विश्व वातावरण दिवस जुन ५ र विश्व महासागर दिवस जुन ८ को उपलक्ष्यमा, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वभरि पारिस्थितिक प्रणालीको संरक्षण गर्न वातावरणीय अभियानहरू सञ्चालन गर्दै विश्वको ध्यानाकर्षण गरिरहेको छ । यो विश्वव्यापी अभियान एउटा यस्तो गतिविधि हो, जसले समुद्र र नदीहरूमा बग्ने प्लास्टिकको फोहोरलाई सङ्कलन गरेर छुट्याउँछ, एकल–प्रयोग वस्तु जस्ता प्लास्टिकको अनावश्यक प्रयोगलाई कम गर्छ, र जागरूकता जगाएर नागरिकहरूलाई कार्य गर्नमा प्रेरित गर्छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ, यसलाई कम गर्नु नै यस अभियानको उद्देश्य हो ।

मण्डलीले मे २६ तारिख, नेपालको भक्तपुरस्थित बोजिनी ड्याम परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेर दिगो पृथ्वी सिर्जना गर्न योगदान पुर्याएको छ । परमेश्वरको मण्डलीका एक अधिकारीका अनुसार, “परमेश्वरले सृजनुभएको पृथ्वी मानव–जातिको बाँच्ने आधार हो र प्लास्टिक दुरुपयोगको गम्भीरताबारे जागरूकता जगाउन धेरै सन्तहरू स्वेच्छाका साथ सरसफाइ गतिविधिमा सहभागी भएका छन् । यो एउटा सानो गतिविधि हो, तर आफू रहेको स्थानीय समुदायदेखि नै वातावरणलाई सफा बनाएर, सहभागी स्वयंसेवकहरू मात्र होइन तर हेर्ने छिमेकीहरूले पनि वातावरण संरक्षणसम्बन्धी आफ्नो चेतना परिवर्तन गर्नेछन् भनी आशा गर्दछु” भन्नुभयो ।

परमेश्वरको मण्डलीका सन्तहरूले विश्वभरि अनवरत रूपमा वातावरण सरसफाइ गर्दैआएका छन् । नेपालमा पनि भक्तपुर लगायत हेटौंडा, काठमाडौं, ललितपुर जस्ता विभिन्न क्षेत्रका सहर, पार्क र सडकमा निरन्तर सरसफाइ गरिएको छ । साथै रक्त अभाव भएर जीवन जोखिममा परेका छिमेकीहरूलाई सहयोग गर्न हरेक वर्ष जारी हुने ‘निस्तार–चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ गत वर्ष मात्र २१ पटक सञ्चालन गरिएको थियो । नर्सिङ होम र वृद्धाश्रम जस्ता सामाजिक कल्याण संस्थाहरूको भ्रमण गरेर आवश्यक सामग्री अनुदान गर्ने, सरसफाइमा सघाउने स्वयंसेवा, भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मर्मतसम्भार सहयोग जस्ता विभिन्न गतिविधिमार्फत मण्डलीले स्थानीय समुदायको हेरचाह गर्दैआएको छ । नेपालमा गत मार्च महिनासम्म ५४,१५३ जनाले ९४१ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् ।

परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । पञ्जीकृत सदस्य संख्या ३९ लाख २० हजार रहेको परमेश्वरको मण्डलीले बाइबलको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । मण्डलीले सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार–चाड लगायत ३ चरणका ७ वटा चाडहरू मान्दछ । ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ३०,००० पटकभन्दा सञ्चालन गरिसकेको छ ।

यस्तो योगदानको कदरस्वरूप मण्डलीले संयुक्त राज्य अमेरिकाका तीन सरकारहरूबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको राष्ट्रिय सभा पदक आदि ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएको छ ।

सरसफाइ भए पश्चातको दृश्य :

भिडियो तल हेर्नुहोस् :

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
2 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
3 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
4 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x