परमेश्वरको मण्डलीद्वारा भक्तपुरको बोजिनी ड्याममा बृहत सरसफाई अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

परमेश्वरको मण्डलीद्वारा भक्तपुरको बोजिनी ड्याममा बृहत सरसफाई अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)

सरसफाइमा ५ सय सदस्यहरु सहभागी, २ टन फोहोर संकलन भिडियो सहित

पढ्न लाग्ने समयः 5 मिनेट
परमेश्वरको मण्डलीद्वारा भक्तपुरको बोजिनी ड्याममा बृहत सरसफाई अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News

नारायण थापा
जन आवाज न्युज/भक्तपुर जेठ, १२ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको पर्यटकिय ठाँउ बोजिनी ड्याम परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सरसफाई गतिविधिमार्फत कार्बन न्यूनीकरणमा नेतृत्व गर्दै कार्यक्रममा जोरपाटी क्षेत्र र भक्तपुर क्षेत्रका मण्डलीहरु मिलेर करीब ५ सय जनाको सहभागीता रहेको थियो ।

विश्व वातावरण दिवस जुन ५ र विश्व महासागर दिवस जुन ८ को उपलक्ष्यमा, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वभरि पारिस्थितिक प्रणालीको संरक्षण गर्न वातावरणीय अभियानहरू सञ्चालन गर्दै विश्वको ध्यानाकर्षण गरिरहेको छ । यो विश्वव्यापी अभियान एउटा यस्तो गतिविधि हो, जसले समुद्र र नदीहरूमा बग्ने प्लास्टिकको फोहोरलाई सङ्कलन गरेर छुट्याउँछ, एकल-प्रयोग वस्तु जस्ता प्लास्टिकको अनावश्यक प्रयोगलाई कम गर्छ, र जागरूकता जगाएर नागरिकहरूलाई कार्य गर्नमा प्रेरित गर्छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ, यसलाई कम गर्नु नै यस अभियानको उद्देश्य हो ।

मण्डलीले मे २६ तारिख, नेपालको भक्तपुरस्थित बोजिनी ड्याम परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेर दिगो पृथ्वी सिर्जना गर्न योगदान पुर्याएको छ । परमेश्वरको मण्डलीका एक अधिकारीका अनुसार, “परमेश्वरले सृजनुभएको पृथ्वी मानव-जातिको बाँच्ने आधार हो र प्लास्टिक दुरुपयोगको गम्भीरताबारे जागरूकता जगाउन धेरै सन्तहरू स्वेच्छाका साथ सरसफाइ गतिविधिमा सहभागी भएका छन् । यो एउटा सानो गतिविधि हो, तर आफू रहेको स्थानीय समुदायदेखि नै वातावरणलाई सफा बनाएर, सहभागी स्वयंसेवकहरू मात्र होइन तर हेर्ने छिमेकीहरूले पनि वातावरण संरक्षणसम्बन्धी आफ्नो चेतना परिवर्तन गर्नेछन् भनी आशा गर्दछु” भन्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको पर्यटकिय ठाँउ बोजिनी ड्याममा सरसफाइ कार्यक्रम गरेको छ । हाम्रो नगरपालिकाले लिएको नगरकोट भ्रमण २०८२ लाई फिल बनाउनका लागि आज यो कार्यक्रम गरेको छ, हाम्रो उदेश्य भनेको हाम्रो समाजलाई समुदायलाई प्रत्येक नागरिकलाई समाजको विकास र रुपान्तरणका लागि यो नगरपालिकालाई समृद्ध गर्नका लागि निरन्तर रुपमा यस्ता खालका कार्यक्रमहरु गरिरहेकाले आगामी दिनहरुमा पनि सहकार्य गर्नका लागि अनुरोध गर्नुभयो ।

यसैगरी कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकारले आज परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले पर्यटकिय ठाँउ बोजिनी ड्याममा सरसफाई गरेको छ । मण्डलीले गरेको यो अभियान उत्कृष्ट रहेको बताउदैे महत्व बोकेको खानेपानीको मुहान रहेको यो ठाँउमा विश्व सरसफाइ गर्ने जुन अभियान संचालन गरेको छ, पत्रकार महासंघले पनि समर्थन जनाएको बताउनुभयो ।

यस्तै चाँगुनारायण नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष सोम प्रधानले आज यो ठाँउमा सरसफाई गरेकोले धन्यवाल आभार गर्दै परमेश्वरको मण्डली सन्देश दिएको छ, अब यो ठाँउका मानिसहरुलाई आफ्नो ठाँउ आफै सफा गर्नुपर्छ भन्ने कुराको महसुस गराएको बताउनुभयो । आगामी दिनहरुमा पनि नगरपालिकासँग मिलेर मानविय सेव गर्न समेत अनुरोध गर्नुभयो ।


कार्यक्रममा चाँगुनारायण नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता जीवन खत्रीले आज यो ठाँउमा भएको सबै फोहोरहरु सफा गर्नुभएको छ । यो अभियानले गर्दा यो ठाँउका स्थानीय आफैले यो ठाँउमा सफाई अभियान चलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाले स्वयंसेवकहरूका लागि पानी र फोहोर सङ्कलन गर्ने सवारी साधन उपलब्ध गराएर स्वयंसेवा गतिविधिमा सहयोग पु्र्याएको थियो । स्वयंसेवकहरूले सूर्यास्त र सूर्योदय अवलोकनको लागि प्रसिद्ध ड्याम परिसर, साथै नजिकै सडकको छेउछाउ र बस स्टपहरूबाट फोहोर सङ्कलन गरेका थिए । स्वयंसेवकहरूले चुरोटको ठुटा, चाउचाउ तथा बिस्कुटका खोलहरू, खानेकुराका डब्बाहरू, प्लास्टिकका कपहरू, सिसिका बोतल र कागजहरू जस्ता विभिन्न फोहोरहरू सङ्कलन गरेका थिए ।

परमेश्वरको मण्डलीका सन्तहरूले विश्वभरि अनवरत रूपमा वातावरण सरसफाइ गर्दैआएका छन् । नेपालमा पनि भक्तपुर लगायत हेटौंडा, काठमाडौं, ललितपुर जस्ता विभिन्न क्षेत्रका सहर, पार्क र सडकमा निरन्तर सरसफाइ गरिएको छ । साथै रक्त अभाव भएर जीवन जोखिममा परेका छिमेकीहरूलाई सहयोग गर्न हरेक वर्ष जारी हुने ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ गत वर्ष मात्र २१ पटक सञ्चालन गरिएको थियो । नर्सिङ होम र वृद्धाश्रम जस्ता सामाजिक कल्याण संस्थाहरूको भ्रमण गरेर आवश्यक सामग्री अनुदान गर्ने, सरसफाइमा सघाउने स्वयंसेवा, भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मर्मतसम्भार सहयोग जस्ता विभिन्न गतिविधिमार्फत मण्डलीले स्थानीय समुदायको हेरचाह गर्दैआएको छ । नेपालमा गत मार्च महिनासम्म ५४,१५३ जनाले ९४१ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् ।


परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । पञ्जीकृत सदस्य संख्या ३९ लाख २० हजार रहेको परमेश्वरको मण्डलीले बाइबलको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । मण्डलीले सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार-लगायत ३ चरणका ७ वटा चाडहरू मान्दछ । ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ३०,००० पटकभन्दा सञ्चालन गरिसकेको छ ।

यस्तो योगदानको कदरस्वरूप मण्डलीले संयुक्त राज्य अमेरिकाका तीन सरकारहरूबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको राष्ट्रिय सभा पदक आदि ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा–पत्र, कदर–पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएको छ ।

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
2 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
3 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
4 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x