प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस | Jana Aawaj News

प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस : Jana Aawaj News

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकारले बनेकाले ती काममा केन्द्रले आफ्नो तर्फबाट प्रभावकारीरुपमा काम गर्न निर्देशन दिनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा रहेकाले नियमित रिपोर्टिङ गर्ने र निर्देशन लिने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार विकास र सुशासनको शत्रु भएकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालसहित उच्चाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
प्रतिवेदनमा १६ औँ योजनाको लक्ष्य अनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन, छड्के जाँच आदि कार्य गर्दै आएको छ । अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्दछ । सुशासन कायमका लागि २०५९ साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा सो केन्द्र स्थापना भएको थियो ।

+ posts
ताजा
1 सुन तोलामा २३ सय बढ्यो, सुनको मुल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ
2 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
3 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
4 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न