परमेश्वरको मण्डलीद्वारा देशव्यापी रुपमा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान जारी | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा देशव्यापी रुपमा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान जारी

पढ्न लाग्ने समयः 4 मिनेट
परमेश्वरको मण्डलीद्वारा देशव्यापी रुपमा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान जारी : Jana Aawaj News

जन आवाज न्युज/बिरेन्द्रनगर जेठ, १३ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बिरेन्द्रनगरमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।

विरेन्द्रनगर नगरपालिका वडा नं. ४ र ६ खोर्के खोलाको रातो पुल देखी एरी चोक पुल सम्मको खोला किनार परिसरमा मण्डलीले सरसफाइ गतिविधिमार्फत कार्बन न्यूनीकरणमा नेतृत्व गर्दै करीब १०० जनाको सहभागीतामा सम्पन्न भएको छ ।


विश्व वातावरण दिवस जून ५ र विश्व महासागर दिवस जून ८ को उपलक्ष्यमा, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वभरि पारिस्थितिक प्रणालीको संरक्षण गर्न वातावरणीय अभियानहरू सञ्चालन गर्दै विश्वको ध्यानाकर्षण गरिरहेको छ । यो विश्वव्यापी अभियान एउटा यस्तो गतिविधि हो, जसले समुद्र र नदीहरूमा बग्ने प्लास्टिकको फोहोरलाई सङ्कलन गरेर छुट्याउँछ, एकल–प्रयोग वस्तु जस्ता प्लास्टिकको अनावश्यक प्रयोगलाई कम गर्छ, र जागरूकता जगाएर नागरिकहरूलाई कार्य गर्नमा प्रेरित गर्छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव–जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ, यसलाई कम गर्नु नै यस अभियानको उद्देश्य हो ।


मण्डलीले मे २६ तारिख, नेपालको बिरेन्द्रनगर नगरपालिका वडा नं. ४ र ६ खोर्के खोला रातो पुल देखी एरी चोक पुल सम्मको खोला किनारको परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेर दिगो पृथ्वी सिर्जना गर्न योगदान पुर्याएको छ । परमेश्वरको मण्डलीका एक अधिकारीले भन्नुभयो, “परमेश्वरले सृजनुभएको पृथ्वी मानव–जातिको बाँच्ने आधार हो र प्लास्टिक दुरुपयोगको गम्भीरताबारे जागरूकता जगाउन धेरै सन्तहरू स्वेच्छाका साथ सरसफाइ गतिविधिमा सहभागी भएका छन् । यो एउटा सानो गतिविधि हो, तर आफू रहेको स्थानीय समुदायदेखि नै वातावरणलाई सफा बनाएर, सहभागी स्वयंसेवकहरू मात्र होइन तर हेर्ने छिमेकीहरूले पनि वातावरण संरक्षणसम्बन्धी आफ्नो चेतना परिवर्तन गर्नेछन् भनी आशा गर्दछु” भन्नुभयो ।


बिरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शेर बहादुर के.सीले “सरसफाइ नै मानजातिको देखिने पहिचान हो, यस्तो कार्य अझ हामीले गरिरहनुपर्छ, परमेश्वरको मण्डलीले समाजलाइ सरसफाइद्वारा असल नमूना देखाएको छ । मेरो क्षेत्रमा पनि यस्तो कार्य गरिदिनुभएकोमा मण्डलीप्रति विशेष धन्यबाद भन्दै” आभार व्यक्त गर्नुभयो । बिरेन्द्रनगर नगरपालिका वडा नं. ४ र ६ द्वारा फोहोर व्यवस्थापनको निम्ति सवारी साधन उपलब्ध गराइदिनुभएर स्वयंसेवा गतिविधिमा सहयोग पुर्याइदिनुभयो ।

आज, करिब १ सय जना स्वयंसेवकहरूले वडा नं ४ र ६ बजार क्षेत्र भएर बग्ने खोर्के नदी किनार रातो पुल देखी एरी चोक पुल सम्मका परिसरका क्षेत्रहरूबाट फोहोर सङ्कलन गरेका थिए । स्वयंसेवकहरूले चुरोटको ठुटा, चाउचाउ तथा बिस्कुटका खोलहरू, खानेकुराका डब्बाहरू, प्लास्टिकका कपहरू, कागजहरू, सिसा तथा बोतलहरू जस्ता विभिन्न फोहोरहरू सङ्कलन गरेर करिब २ हजार किलो २०० सय झोला भन्दा बढी फोहोरको झोला भरेका थिए ।


उक्त कार्यक्रममा सहभागी स्वयंसेवक सागर बिकले खुशीसाथ “ जीवनमा पहिलो यस्तो उत्कृष्ट कार्यक्रममा सहभागी हुन पाएको एकदमै आभार व्यक्त गर्नुभयो । फेरि पनि यस प्रकारका कार्यक्रममा निरन्तर सहभागी हुनेछु ” भन्नुभयो । अर्को सहभागी स्वयम सेवक बिष्णा थापा मगरले पहिला पहिला स्वयम सेवा कसरी गर्ने ? हामीले मात्रै गरेर के हुन्छ र भन्ने लाग्थ्यो अहिले म मण्डलीले गर्ने स्वयम सेवाको गतिबिधिमा निरन्तर सहभागी भइरहेको छु । अहिले खुसी लाग्छ गरे सम्भव हुने रहेछ भन्नुभयो ।

परमेश्वरको मण्डलीका सन्तहरूले विश्वभरि अनवरत रूपमा वातावरण सरसफाइ गर्दै आएका छन् । नेपालमा पनि बिरेन्द्रनगर लगायत, भरतपुर चितवन, भक्तपुर, हेटौंडा, काठमाडौं, ललितपुर, धरान, जस्ता विभिन्न क्षेत्रका सहर, पार्क र सडकमा निरन्तर सरसफाइ गरिएको छ । साथै रक्त अभाव भएर जीवन जोखिममा परेका छिमेकीहरूलाई सहयोग गर्न हरेक वर्ष जारी हुने ‘निस्तार–चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ गत वर्ष मात्र २१ पटक सञ्चालन गरिएको थियो । नर्सिङ होम र वृद्धाश्रम जस्ता सामाजिक कल्याण संस्थाहरूको भ्रमण गरेर आवश्यक सामग्री अनुदान गर्ने, सरसफाइमा सघाउने स्वयंसेवा, भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मर्मतसम्भार सहयोग जस्ता विभिन्न गतिविधिमार्फत मण्डलीले स्थानीय समुदायको हेरचाह गर्दैआएको छ । नेपालमा गत मार्च महिनासम्म ५४,१५३ जनाले ९४१ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् ।

परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । पञ्जीकृत सदस्य संख्या ३९ लाख २० हजार रहेको परमेश्वरको मण्डलीले बाइबलको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । मण्डलीले सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार–चाड लगायत ३ चरणका ७ वटा चाडहरू मान्दछ । ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ३०,००० पटकभन्दा सञ्चालन गरिसकेको छ ।


यस्तो योगदानको कदरस्वरूप मण्डलीले संयुक्त राज्य अमेरिकाका तीन सरकारहरूबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको राष्ट्रिय सभा पदक आदि ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएको छ ।

 

+ posts
ताजा
1 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
2 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
3 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
4 पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न