उत्तर कोरियाद्धारा हाइपरसोनिक मिसाइलको परिक्षण | Jana Aawaj News

उत्तर कोरियाद्धारा हाइपरसोनिक मिसाइलको परिक्षण

सामान्य मिसाइल भन्दा तीव्र गतिको हाइपरसोनिक मिसाइल

पढ्न लाग्ने समयः < 1 मिनेट
उत्तर कोरियाद्धारा हाइपरसोनिक मिसाइलको परिक्षण : Jana Aawaj News

काठमाडौं । उत्तर कोरियले हाइपरसोनिक मिसाइल परिक्षण मङ्गलवार गरेको बताइएको छ । ह्वासाङ ९ज्धबकयलन९ड० नाम दिइएको यो मिसाइल उत्तर कोरियाले पाँच वर्षीय सैन्य विकास योजना अन्र्तगतको भएको बताएको छ ।

यो हतियार प्रणालीको विकासले राष्ट्रको सुरक्षा क्षमतालाई बढाएको केसीएनएले उल्लेख गर्दै उत्तर कोरियाको केन्द्रीय सञ्चारमाध्यमले यो एक रणनीतिक हतियार भएको बताएको छ ।
लगातार उत्तर कोरियले यो महिना मै यो तेस्रो मिसाइल समेत परीक्षण गरिसकेको बताइएको छ । यसअघि दुई ओटा नयाँ शक्तिशाली मिसाइल उत्तर कोरियाले परीक्षण गरेको छ ।

मङ्गलवार परिक्षण गरिएको महाइपरसोनिक मिसाइल सामान्य मिसाइल भन्दा तीव्र गतिको रहेको बताएको छ भने, उक्त मिसाइललाई रोक्न प्रतिरक्षा प्रणाली अथवा डिफेन्स सिस्टमलाई कठिनाइ हुने समेत बताइएको छ ।

त्यसैले उत्तर कोरियाले सो मिसाइल प्रणालिमा नेविगेशन नियन्त्रण तथा मिसाइलको स्थिरता समेत पुष्टि भएको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न