
जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३० गते । भक्तपुरको सूर्यविनायक नगरपालिका आज जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ ।

जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सूर्यविनायक नगरपालिका ०८२/८२ मा पहिलो खोप सुनिश्चित जिल्ला हुन सफल भएको छ । सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार गरेको पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चित नगरपालिकाको शपथ पनि लिइएको थियो ।
उक्त कार्यक्रममा नगर प्रमुख बासुदेब थापाले सबै जना स्वास्थ्यकर्मीहरुलाई शपथ खुवाएका थिए । त्यस अवसरमा थापाले नगरभरिका विभिन्न स्वास्थ्य चौकीका प्रमुमहरुलाई प्रमाणपत्र पनि हस्तागरिएको थियो । कार्यक्रममा प्रमुख थापाले पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका बनाउन सहयोग गर्ने स्वास्थ्यस शाखाका कर्मचारीहरुसहित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सबैको सामूहिक प्रयासबाट नै यो सफल भएको बताउनुभयो । कार्यक्रममा जानकारी गराइएअनुसार नगरभरिका सबै वडाहरुमा खोप नलगाएका बालबालिकाहरु नभएपछि त्यसको अनुगमन गरिन्छ । अनुगमनबाट पनि पुष्टी भएपछि यसलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिन्छ ।


कार्यक्रममा नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरबासीको जन्मदेखि मृत्युसम्मको व्यवहारलाई सहयोग गर्ने काम नगरपालिकाले गरिरहेको बताउनुभयो । जन्मेदेखि खोप लगाउने कार्यदेखि मृत्यु भएपछि शव वाहनसम्मको व्यवस्था नगरपालिकाले गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जिल्लाका चार वटै नगरपालिकाहरु पूर्ण सुनिश्चित नगरपालिका घोषणाको क्रममा रहेको बताउनुभयो । यसपछि भक्तपुर जिल्ला बागमती प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने विश्वास लिएको बताउनुभयो ।
यसैगरी कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै वडा अध्यक्षहरुको सहभागीता रहेको थियो । साथै नगरभरि काम गर्ने विभिन्न स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थयकर्मिहरुको पनि सहभागीता रहेको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
