आज गौतमको मनोनयनविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै | Jana Aawaj News

आज गौतमको मनोनयनविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज गौतमको मनोनयनविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै : Jana Aawaj News

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटमा सुनुवाइ हुने भएको छ । बुधबार प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको संवैधानिक इजलासमा गौतमविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको बताइएको छ ।

गौतमलाई २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएता पनि प्रतिनिधिसभाको कार्यकाल समेत नसकिँदै संघीय संसदमा पठाइएकोले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गर्नुभएको थियो ।
उक्त रिटको आधारमा सर्वोच्चबाट यसअघि अन्तरिम आदेश जारी भएन भने, गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा २०७७ असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको थियो । राष्ट्रिय सभामा राष्ट्रपतिले तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि रिक्त रहेको सिटमा गौतमलाई मनोनीत गरिएको थियो ।
आज बस्ने संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा रहनु भएको छ ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न