आज गौतमको मनोनयनविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै | Jana Aawaj News

आज गौतमको मनोनयनविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज गौतमको मनोनयनविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै : Jana Aawaj News

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटमा सुनुवाइ हुने भएको छ । बुधबार प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको संवैधानिक इजलासमा गौतमविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको बताइएको छ ।

गौतमलाई २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएता पनि प्रतिनिधिसभाको कार्यकाल समेत नसकिँदै संघीय संसदमा पठाइएकोले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गर्नुभएको थियो ।
उक्त रिटको आधारमा सर्वोच्चबाट यसअघि अन्तरिम आदेश जारी भएन भने, गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा २०७७ असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको थियो । राष्ट्रिय सभामा राष्ट्रपतिले तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि रिक्त रहेको सिटमा गौतमलाई मनोनीत गरिएको थियो ।
आज बस्ने संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा रहनु भएको छ ।

 

+ posts