
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बिहीबार) सत्ता गठबन्धनको बैठक बोलाउनु भएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता पश्चात बिहीबारका लागि बैठक बोलाइएको छ ।
भोलि बिहानका लागि बोलाइएको सत्ता गठबन्धनको बैठकमा नेता तथा जसपा अध्यक्ष उपेन्द्र यादवले सम्भवत मन्त्रालयको भागवण्डाको टुंगो लाग्ने बताउनुहुँदैं भोलि नै मन्त्रालयको भागवण्डा मिले पनि भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना भने निकै कम भएको बताउनुभएको छ ।
जसपाले लामो समयदेखि नै अध्यादेश खारेज नभएकै अवस्थामा पनि सरकारमा सहभागी नहुने अडान लिदैं आएकोमा गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि सोहि दिन नै अध्यादेश खारेज समेत भएको थियो ।
त्यस पश्चात सत्ता गठबन्धनको बैठक बस्न नसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न समेत अनिश्चित हुन पुगेको होे ।
दलहरुबीच भने, गत बिहीबार मात्रै मन्त्रिपरिषदले अध्यादेश खारेज गरेपछि सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार चाँडै गर्ने समझदारी गरिएकोे थियो ।
उक्त अध्यादेश खारेजी पछि ढिलोमा बिहीबारसम्म मन्त्रिपरिषद विस्तार भइसक्ने बताइएको भएता पनि सत्ता गठबन्धनको बैठक समेत बस्न नसकेको अवस्था भएकोले सत्ता गठबन्धन कार्यालयमा संयोजकको भूमिका निर्वाह गरिरहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का गत शुक्रबारदेखि नै कोरोना संक्रमित भएर उपचारको क्रममा रहेका छन् ।
यता प्रधानमन्त्री शेर बहादुर देउवा भने, सत्ता गठबनधनलाई लिएर अन्वलमा पर्नुभएको छ । विभिन्न आन्तरिक झमेलाको साथसाथै अहिलेसम्मा मन्त्रिपरिषद् विस्तारमा अलमल भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको २ महिना बढि वितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकाले दौडधुप बढेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295921



