आगामी बैशाखसम्म सबै नागरिकलाई खोप लगाउँछौं ˸ राज्यमन्त्री श्रेष्ठ | Jana Aawaj News

आगामी बैशाखसम्म सबै नागरिकलाई खोप लगाउँछौं ˸ राज्यमन्त्री श्रेष्ठ

पढ्न लाग्ने समयः < 1 मिनेट
आगामी बैशाखसम्म सबै नागरिकलाई खोप लगाउँछौं ˸ राज्यमन्त्री श्रेष्ठ : Jana Aawaj News

काठमाडौं । विश्व मुटु दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ ।
कार्यक्रममा बोल्दैं श्रेष्ठले बालबालिकाका लागि १ करोड खोप सुनिश्चित गरिएको बताउँदै करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाइसकिएको बताउनुभएको छ ।
१ करोेड ७७ लाख खोप ल्याएको बताउँदै दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाउने बताउनुभयो । सरकारले दैनिक ३ लाख जनतालाई खोप लगाउने काम गरिरहेकोमा वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको समेत अवगत गराउनुभयो ।
१८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन १४ वटा हिमाली जिल्लामा अभियान नै सुरु गरेसँगैं बालबालिकाहरुका लागि समे पनि १ करोड खोपको सुनिश्चित गरिएको हो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले मुटु रोग तथा क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्न सरकारी अस्पतालहरूको सुधार गर्नुपर्ने बताउँदै यसमा सरकार स्वंय लागेको बताउनुभयो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न