देशघाती एमसीसी चाहिँदैन भन्दै नेमकिपाद्धारा कोहलपुरमा कोण सभा | Jana Aawaj News

देशघाती एमसीसी चाहिँदैन भन्दै नेमकिपाद्धारा कोहलपुरमा कोण सभा

पढ्न लाग्ने समयः < 1 मिनेट
देशघाती एमसीसी चाहिँदैन भन्दै नेमकिपाद्धारा कोहलपुरमा कोण सभा : Jana Aawaj News

कोहलपुर । देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै नेपाल मजदुर किसान पार्टीले बुधबार कोहलपुरमा विरोध सभा गरेको छ । नेमकिपा, कोहलपुर नगर समितिले कोहलपुरको न्युरोडचोकमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीति अन्तर्गत अगाडि सारिएको एमसीसी सम्झौताले नेपाललाई अमेरिकाको उपनिवेश बनाउने धारणा राख्नुभयो ।

नेपालमा अमेरिकी सेना तैनाथ गर्ने षड्यन्त्र विरुद्ध नेमकिपाले सडकदेखि संसद्सम्म सङ्घर्ष गरिरहेको भन्दै गाउँ सहरबाट जनता आन्दोलनमा उत्रिनु पर्ने विचार राख्नुभयो । उहाँले कुनै पनि बेला एससीसी सम्झौता संसद्बाट पारित गर्न शासक दलहरू लागिरहेको भन्दै जनताको खबरदारी तथा दबाब कायम राख्नुपर्ने बताउनुभयो ।

ईष्ट इन्डिया कम्पनीले व्यापारको नाममा भारतलाई दुई सय वर्षसम्म उपनिवेश बनाएको उदाहरण राख्दै केन्द्रीय सदस्य गोसाईले अमेरिकी निगमले नेपाललाई उपपनिवेश बनाउन खोजेको भनाइ राख्नुभयोे । अमेरिकालाई अफगानस्तान माथि हमला गर्न हवाईजहाजमा तेल भर्न नेपाली भूमि प्रयोग गर्न सहमति गर्ने नेपाली कांग्रेसको देउवा सरकार जसरी पनि एमसीसी सम्झौता पारित गर्न लागेको बताउनुभयो ।

एमसीसी सम्झौता संशोधन गरी पारित गर्ने शासक दलहरूको नियत सफा नभएको भन्दै गलत उद्देश्यबाट आएको परियोजना खारेज नै हुनुपर्ने उहाँको थियो।कोणसभामा नेमकिपा बाँकेको दोस्रो जिल्ला सम्मेलन तयारी समितिको संयोजक बखत थापाले नेपाली जनताले भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद विरुद्ध सङ्घर्ष गर्नु आवश्यक छ भन्नुभयो ।

उहाँले विदेशी दलाल तथा देश घातीहरूलाई नेपाल जनताले सडकमा ल्याएर कार्यबाही गर्ने धारणाराख्नुभयो । कोणसभामा नेक्रावि सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङ, नेमकिपा कोहलपुर नगर समिति अध्यक्ष अन्जीर शाही र नेमकिपा बाँके दोस्रो जिल्ला सम्मेलन तयारी समितिका सदस्य नविन शाहीले भ्रष्टाचार नियन्त्रण र ठूला पुजीपतिहरूबाट बक्यौता कर असुली गरेमात्र पनि देशमा ठूला परियोजनामा लगानी गर्न सकिने तर्क राख्नुभएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न