
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरसभाको १८ औं अधिवेशनले आर्थिक वर्ष २०८२।०८३ का लागि कूल रु.२ अर्ब २५ करोडको बजेट पारित गरेको छ ।
सोमबार सम्पन्न नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले सार्वजनीक गर्नु भएको बजेट नगरसभाले सवसम्मतले पारित गरेको हो ।
नगरसभाले आयतर्फ संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान तथा सशर्त अनुदान गरि जम्मा ७१ करोड १९ लाख ३१ हजार ३१६ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान रु। ६० करोड २९ लाख ४८ हजार ७०८ रुपैया र आन्तरिक स्रोतबाट ९३ करोड ५१ लाख १९ हजार ९७५ रुपैयाँको बजेट पारित गरेको छ ।
आर्थिक विकास तर्फ रु। २५ करोड १५ लाख ५० हजार, सामाजिक विकास तर्फ रु। ३३ करोड १२ लाख ५० हजार, पूर्वाधार विकास तर्फ रु। ४६ करोड ११ लाख, वन, वातावरण, विपद् तथा सरसफाई ब्यवस्थापन तर्फ रु। १५ करोड ७ लाख, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्र तर्फ रु। २५ करोड ४५ हजार कार्यालय संचालन तथा प्रशासनीक खर्च तर्फ रु। ३६ करोड १० लाख २० हजार बजेट नगरसभाले पारित गरेको छ ।
सूर्यविनायक नगर अस्पतालका लागि ५० शैयाको नगर अस्पताल सञ्चालनको लागि रु. १७ करोड ९५ लाख बजेट पारित गरेको छ । नगरसभामा नगर प्रमुख बासुदेव थापाले पेश गर्नु भएको नीति तथा कार्यक्रम, विभिन्न विषयगत सयोजकहरुले पेश गर्नु भएको बिभिन्न शिर्षकका विधेयकहरु नगरसभाले पारित गरेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news