सूर्यविनायक नगरपालिकाको बजेट रु.२ अर्ब २५ करोडको बजेट पारित | Jana Aawaj News

सूर्यविनायक नगरपालिकाको बजेट रु.२ अर्ब २५ करोडको बजेट पारित

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक नगरपालिकाको बजेट रु.२ अर्ब २५ करोडको बजेट पारित : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरसभाको १८ औं अधिवेशनले आर्थिक वर्ष २०८२।०८३ का लागि कूल रु.२ अर्ब २५ करोडको बजेट पारित गरेको छ ।

सोमबार सम्पन्न नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले सार्वजनीक गर्नु भएको बजेट नगरसभाले सवसम्मतले पारित गरेको हो ।

नगरसभाले आयतर्फ संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान तथा सशर्त अनुदान गरि जम्मा ७१ करोड १९ लाख ३१ हजार ३१६ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान रु। ६० करोड २९ लाख ४८ हजार ७०८ रुपैया र आन्तरिक स्रोतबाट ९३ करोड ५१ लाख १९ हजार ९७५ रुपैयाँको बजेट पारित गरेको छ ।

आर्थिक विकास तर्फ रु। २५ करोड १५ लाख ५० हजार, सामाजिक विकास तर्फ रु। ३३ करोड १२ लाख ५० हजार, पूर्वाधार विकास तर्फ रु। ४६ करोड ११ लाख, वन, वातावरण, विपद् तथा सरसफाई ब्यवस्थापन तर्फ रु। १५ करोड ७ लाख, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्र तर्फ रु। २५ करोड ४५ हजार कार्यालय संचालन तथा प्रशासनीक खर्च तर्फ रु। ३६ करोड १० लाख २० हजार बजेट नगरसभाले पारित गरेको छ ।

सूर्यविनायक नगर अस्पतालका लागि ५० शैयाको नगर अस्पताल सञ्चालनको लागि रु. १७ करोड ९५ लाख बजेट पारित गरेको छ । नगरसभामा नगर प्रमुख बासुदेव थापाले पेश गर्नु भएको नीति तथा कार्यक्रम, विभिन्न विषयगत सयोजकहरुले पेश गर्नु भएको बिभिन्न शिर्षकका विधेयकहरु नगरसभाले पारित गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न