चाँगुनारायण नगरपालिकाको बजेट एक अर्ब ८४ करोड ५६ लाख २० हजार | Jana Aawaj News

चाँगुनारायण नगरपालिकाको बजेट एक अर्ब ८४ करोड ५६ लाख २० हजार

पढ्न लाग्ने समयः 3 मिनेट
चाँगुनारायण नगरपालिकाको बजेट एक अर्ब ८४ करोड ५६ लाख २० हजार : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिकाद्धारा आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि एक अर्ब ८४ करोड ५६ लाख २० हजार ४९३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार चाँगुनारायण नगरसभाको १७ औं अधिवेशनमा सभाअध्यक्ष एवं नगर प्रमुख जीवन खत्रीले आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छलफलका लागि समय दिएपछि उपप्रमुख रमेश बुढाथोकीले बजेट सार्वजनिक गर्नु भएको हो ।

नगरपालिकाले प्रत्येक वडा कार्यालयसंग पक्कि सडक सञ्जालले जोड्ने गरि सडक सञ्जाल बिस्तार गर्ने भएको छ । बजेटले सबै वडा कार्यालयबाट नगरपालिका जोड्ने सडक कालेपत्रे गर्ने नगर प्रमुखको नीति तथा कार्यक्रमलाई पूर्णता दिन बजेट विनियोजन गरेको छ । १६ औं नगरसभाले बहुवर्षीय ठेक्का आह्वान गरेका योजना सम्पन्न गर्न आगामी आ.ब.का लागि रु. २८ करोड ३८ लाख १३ हजार विनियोजन गरिएको हो ।


नगर सभामा प्रत्येक वडा कार्यालयबाटै विनियोजन एवं खर्च गर्ने गरि प्रत्येक वडा कार्यालयलाई दुई करोडको दरले ९ वटा वडा कार्यालयमा रु। १८ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले संघीय र प्रदेश सरकारसँगको समन्वयनमा समपुरक योजना सञ्चालन गर्न ९ करोड ५८ लाख, संघीय र प्रदेश सरकारसँगको समन्वयनमा सशर्तमा संघीय सरकारबाट ४७ करोड ९८ लाख, प्रदेश सरकारबाट ३ करोड ४३ लाख ६३ हजार विनियोजन गरिएको छ ।

नगरबासीलाई खानेपानीको सुविधामा पहुँच बृद्धि गर्न काठमाडौं उपत्यका खानेपानी विकास लिमिटेडलाई खानेपानी योजना संचालन गर्नका लागि २ करोड बजेट छुट्याइएको छ । नगरपालिकाको स्पोर्टस एकेडेमी हल निर्माण गर्न २ करोड, श्रीकृष्ण बहुमुखी क्याम्पस, प्राविधिक विद्यालय तथा विद्यालयको भौतीक तथा शैक्षीक विकास लागि १ करोड बजेट विनियोजन गरिएको छ ।

वडा नंं ५ स्थित दोवान हुँदै सिमल डाँडा जाने सडक निर्माणको लागि १ करोड, वडा नंं ६ को बर्सपार्कबाट पसल डाँडा जाने सडकको लागि १ करोड बजेट र विपद व्यवस्थापन कोषमा १ करोड विनियोजन गरिएको छ । उद्यमशीलता कार्यक्रमको लागि ५ करोड बजेट छुट्याइएको छ । त्यस्तैगरि, नगरपालिका र सो अन्तर्गतका कार्यालयबाट सेवा प्रवाह र विकास ब्यवस्थापन तथा प्रशासनीक खर्च ब्यवस्थापनका लागि ३६ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३० करोड ५५ लाख १० हजार आन्तरिक आय र नगरपालिकाको सञ्चित कोषको मौज्जाद रकम ४ करोड अनुमान गरिएको छ । अधिवेशनको दोस्रो बैठक आगामी २८ गते बस्ने तय भएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न