अखिलको आउने शुक्रबार ११ बजे बैठक बस्दै | Jana Aawaj News

अखिलको आउने शुक्रबार ११ बजे बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
अखिलको आउने शुक्रबार ११ बजे  बैठक बस्दै : Jana Aawaj News

काठमाडौं । ‘देशभरिका सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔं’ भन्ने मूल नाराका साथ थापागाउँस्थित आर्यन पार्टी प्यालेसमा अनेरास्ववियुको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आतिथ्यमा बैठक आउने शुक्रवार ११ बजे बस्न लागेको बताइएको छ ।

अध्यक्ष नेपाल केहि दिनदेखि अस्वस्थ्थताका कारण घरमा नै आराम गरिरहनुभएकाले बैठकमा अन्य नेताको उपस्थिति हुने सम्भावना रहेको संगठन स्रोतले जानकारी गराएको छ ।

+ posts