
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको बैठक भोलि बिहीबार बस्ने बताउनुभएको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारमा केहि ढिलाई भएको भन्दै अहिले केहि कानुनी समस्याहरुको समाधान गर्दै बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको जानकारी गराउनुभएको हो ।
भोलि बस्ने भनिएको सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने तयारी भईरहेकाले भोलिको बैठकले मन्त्रालयको पूर्ण रुपमा भागबण्डा लगाएर शुक्रबारसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने देखिएको छ ।
बैठकमा उपस्थित भएका स्थायी कमिटी सदस्य देव गुरुङले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लाग्ने जानकारी गराउनुभएको छ ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 






 Total views : 295838
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


