सत्ता गठबन्धनको बैठक भोलि बस्छ ˸ प्रचण्ड | Jana Aawaj News

सत्ता गठबन्धनको बैठक भोलि बस्छ ˸ प्रचण्ड

पढ्न लाग्ने समयः < 1 मिनेट
सत्ता गठबन्धनको बैठक भोलि बस्छ ˸ प्रचण्ड : Jana Aawaj News

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको बैठक भोलि बिहीबार बस्ने बताउनुभएको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारमा केहि ढिलाई भएको भन्दै अहिले केहि कानुनी समस्याहरुको समाधान गर्दै बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको जानकारी गराउनुभएको हो ।

भोलि बस्ने भनिएको सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने तयारी भईरहेकाले भोलिको बैठकले मन्त्रालयको पूर्ण रुपमा भागबण्डा लगाएर शुक्रबारसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने देखिएको छ ।
बैठकमा उपस्थित भएका स्थायी कमिटी सदस्य देव गुरुङले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लाग्ने जानकारी गराउनुभएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न