देशभर थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि | Jana Aawaj News

देशभर थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि

३४५ जना आईसीयूमा, ९९ जना भेन्टिलेटरमा

पढ्न लाग्ने समयः < 1 मिनेट
देशभर थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि : Jana Aawaj News

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार विगत २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

देशभरमा २४ घण्टाको समयावधिमा ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १११३ जना कोनाबाट संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान गुमाएको मन्त्रालयले बताएको छ ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या मध्य पीसीआर विधिको परीक्षण ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ६४ हजार ८४७ जना निको भएको बताइएको छ भने, निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयको जानकारी गराएको छ ।

देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित छन् भने, संक्रमितहरु मध्ये ९९ जना भेन्टिलेटरमा, ३४५ जना आईसीयूमा रहेको मन्त्रालयले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
2 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
3 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
4 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न