महिलाको चरित्रहत्या गर्ने ४ युट्युवरका सञ्चालक पक्राउ | Jana Aawaj News

महिलाको चरित्रहत्या गर्ने ४ युट्युवरका सञ्चालक पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
महिलाको चरित्रहत्या गर्ने ४ युट्युवरका सञ्चालक पक्राउ : Jana Aawaj News

काठमाडौं । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले युट्युव च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडिओ तथा अन्र्तवार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ परेको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीले जानकारी दिएअनुसार विभिन्न च्यानलमार्फत महिलाको तस्वीर सहित चरित्रहत्या गर्ने तथा इज्जत प्रतिष्ठामा आँच आउने अफवाह फैलाउने सामग्रीहरु प्रसारण भएको बताइएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको युट्युवरले आरोपित कसुर गरेकाले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार पक्राउ गरिएको ब्यूरोले जनकारी गराएको हो ।

पक्राउ पर्नेहरुमा ‘हरेक पलको खबर’ युट्युव च्यानलका सञ्चालक शिशिर अधिकारी, ‘दैनिक खबर’ युट्युव च्यानलका सञ्चालक प्रदिप भण्डारी, ‘मोडर्न अनलाइन टिभी’ युट्युव च्यानलका सञ्चालक रोधन तमाङ, ‘सारैचुली मिडिया’ युट्युव च्यानलकी सञ्चालक पिंकला कार्कीलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका युट्युवरमाथि थप अनुसन्धान भइरहेको प्रहरी ब्युरोले जानकारी दिएको छ ।

 

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न