बुटवलमा परमेश्वरको मण्डलीद्वारा बृहत रुपमा सरसफाइ कार्यक्रम सम्पन्न | Jana Aawaj News

बुटवलमा परमेश्वरको मण्डलीद्वारा बृहत रुपमा सरसफाइ कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
बुटवलमा परमेश्वरको मण्डलीद्वारा बृहत रुपमा सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/बुटवल असार, १७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा बुटवलमा ८,७९२ औं विश्वव्यापी वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

विश्वभर वातावरणको हेरचाह गर्दै आएको र आफ्ना छिमेकीहरूलाई खुशी दिँदै आएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले जुन ३० तारिखमा लुम्बिनी प्रदेशस्थित बुटवल उपमहानगरपालिका स्थित नुवाकोट रोड क्षेत्रमा बृहत् रुपमा सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।

सरसफाइ कार्यक्रममा परमेश्वरको मण्डलीका एक सदस्यले  भन्नुभयो, “मानव-जातिको बाँच्ने आधारस्वरूप परमेश्वरले प्रदान गर्नुभएको पृथ्वीको संरक्षण गर्नु हाम्रा परिवार र छिमेकीहरूको लागि नितान्त आवश्यक छ, र स्थानीय समुदायमा हाम्रा छिमेकीहरूको खुशीको लागि सन्तहरू एक चित्तका साथ एकजुट भएका छन् । यस कार्यमा धेरैले छिमेकी सहयोग साथ दिनुहुनेछ भन्ने आशा गर्दछौं ।”
परमेश्वरको मण्डलीका सन्तहरू, उनीहरूका परिवारहरू, छिमेकीहरू गरी करीब १३० जनाले नुवाकोट सडक वरिपरि १ किलोमिटर क्षेत्रसम्म सरसफाइ गरेर फोहोर प्लास्टिक, क्यान, शीशाको बोतल, फलफूलका बोक्राजस्ता विभिन्न फोहोरहरू सङ्कलन गरेका थिए । उक्त कार्यक्रम बिहान ७ बजे सुरु भएर करीब १० बजेतिर समाप्त भएको थियो । सरसफाइ कार्यक्रममा ५० केजीको ८० वटा झोला बराबर फोहोर सङ्कलन गरिएको थियो । उक्त ठाउँमा धेरै मानिसहरू घुम्न जाने भएकोले निरन्तर सरसफाइको आवश्यकता रहेको थियो । बुटवल उप-महानगरपालिकाले सो गतिविधिप्रति खुशी व्यक्त गर्दै पञ्जा उपलब्ध गराएको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले “सरसफाई तथा वातावरण संरक्षणको सन्देशमुलक अभियनमा जोडिएकोमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई धन्यवाद व्यक्त गर्नुभयो ।  “वातावरण संरक्षण हरेक नागरिकको दायित्व हो , यस्ता अभियनले वुटवललाई स्वच्छ र पर्यटकमैत्री सहर बनाउन मद्दत गर्दछ” भन्दै खुशी व्यक्त गर्नुभयो ।
परमेश्वरको मण्डलीले निरन्तर वातावरण सरसफाइ गतिविधिहरूमार्फत जनहितको प्रवर्द्धनमा योगदान पुऱ्याएको छ । नेपालगन्ज, काठमाडौंको कीर्तिपुर, कोशी प्रदेशको सुन्दरहरैँचा, वाग्मती प्रदेश र कर्णाली प्रदेशको वीरेन्द्रनगर जस्ता विभिन्न ठाउँहरूमा मण्डलीले सरसफाइ कार्यक्रम गरेको छ ।  यसका साथै स्थानीय समुदायमा रगतको अभाव समाधान गर्न रक्तदान कार्यक्रमहरू पनि मण्डलीले सक्रिय रूपमा गर्दैआएको छ ।  मण्डलीद्वारा आयोजित ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान अभियान’ १००% स्वैच्छिक, अवैतनिक रक्तदान हो र यसले रगत स्थिरतामा योगदान पुऱ्याएको मूल्याङ्कन गरिएको छ, रगतको अभावका कारण जीवन जोखिममा परेका छिमेकीहरूको जीवन बचाउनमा प्रमुख भूमिका खेलिरहेको छ । गत वर्ष मात्र मण्डलीले देशभरि २१ पटक बृहत् रक्तदान कार्यक्रमहरू आयोजना गरेको थियो ।


यो वर्षको मार्चसम्ममा, नेपालमा मात्र ५४,१५३ जना सहभागी भएर वातावरण सरसफाइ, रक्तदान, नर्सिङ होम भ्रमण र पाठ्यसामग्री आपूर्तिको लागि सहयोग जस्ता ९४१ विविध सामाजिक योगदान गतिविधिहरू सञ्चालन गरिएका छन् । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास. बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएको छ ।


२,००० वर्षअघिको सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार चाडलाई मौलिक रूपमा पुनर्स्थापित गरेर पालन गर्ने परमेश्वरको मण्डलीको सुरुवात सन् १९६४ मा कोरियामा भएको थियो । विश्वका १७५ वटा देशका ७,८०० वटा क्षेत्रमा करीब ३७ लाख विश्वासीहरूले बाइबलमा आधारित ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’मा विश्वास गर्छन् । उनीहरूले स्थानीय समुदाय र देशहरूमा ‘ज्योति र नून’को भूमिका निर्वाह गरिरहेका छन्, र सरसफाइ गतिविधिहरू, रक्तदान, छिमेकीहरूलाई सहयोग र प्रकोप राहत जस्ता ३०,००० भन्दा बढी सामाजिक योगदानका गतिविधिहरू सञ्चालन गरेका छन् । यस्तो समर्पित प्रयासको लागि, मण्डलीले तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभा सम्मान पदक र देशको सर्वोच्च वातावरणीय अवार्ड र ब्राजिलियन विधायिकी पदक सहित ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।

+ posts
ताजा
1 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
2 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
3 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
4 पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न