
जन आवाज न्युज/भक्तपुर। शारदा माध्यमिक विद्यालयमा शुक्रबार एसईई २०८१ मा उत्तिर्ण भाइदबहिनीहरुलाई बधाई शुभकामना तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले सफलता पाउन हरेकले मेहनत गर्नुपर्ने र सोही मेहनतबाट पाएको सफलताले मानिसलाई खुसी बनाउने बताउँदै आज विद्यार्थीले प्राप्त गरेको सफलतालाई अन्तिम सफलताको रूपमा बुझ्न नहुने बरु आगामी दिनको तयारीको रूपमा बुझ्नुपर्ने बताउनुभयो ।
यसैगरी भक्तपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालय लामो समयदेखि नमुना विद्यालयको रूपमा स्थापित भएको र त्यसलाई जीवन्तता दिन विद्यालय परिवार लागिरहेकोमा खुसी व्यक्त गर्दै समग्र भक्तपुर नगरको शैक्षिकस्तर माथि उठाउन भक्तपुर नगरपालिका प्रयत्नरत रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालले हिजोको कडा मेहनत र परिश्रमका कारण आज विद्यार्थीको मुहारमा चमक र मुस्कान आएको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् शिक्षाप्रेमी हिमालयश्वरलाल मूलले भक्तपुर नगरपालिका शैक्षिक उन्नतिको लागि दत्तचित्त भएर लागिरहेको सन्दर्भमा एसईई २०८१ को परिणामले उत्साह थपेको समेत जानकारी दिनुभयो । उहाँले जुन सरकारले शिक्षामा कम लगानी गर्छ त्यहाँ विकास पछि पर्ने धारणा समेत राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतुईले मेहनतको फल मिठो हुने मात्र होइन बरु सफलताको साँचो पनि भएको बताउँदै विद्यार्थीहरूले आगामी दिनमा थप मेहनत गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त राख्नुभएको थियो ।
उक्त कार्यक्रममा शिक्षकहरू मञ्जु लागे, चनादेवी श्रेष्ठ, सोविता दाहाल, जानकी थापा र रूपा जोशीलगायतले विद्यार्थीहरूलाई बधाई एवम् मार्गनिर्देशन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयको तर्फबाट विद्यार्थीहरूलाई मायाको चिनो वितरण गरी विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news