एमालेद्धारा सर्वदलीय बैठक बहिस्कार, संसदमा पुन अवरोध | Jana Aawaj News

एमालेद्धारा सर्वदलीय बैठक बहिस्कार, संसदमा पुन अवरोध

पढ्न लाग्ने समयः < 1 मिनेट
एमालेद्धारा सर्वदलीय बैठक बहिस्कार, संसदमा पुन अवरोध : Jana Aawaj News

काठमाडौं । आज बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुन अवरोध गरेको छ ।
भदौ २३ गतेबाट लगातार अवरोध हुँदै आएको बैठक आज बिहिबार पनि प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गतका बैठकहरुमा निरन्तर अवरोध भइरहेको छ ।

आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जानकारी गराए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका छन् ।
लगातारको अवरोध पश्चात सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ का प्रावधानहरु सबै सांसदहरुले पालना गर्न अनुरोध गर्नुभएको थियो ।
एमाले सांसदहरुको विरोधकै बीचमा उहाँले राष्ट्रपतिको कार्यालयबाट अध्यादेश खारेज र विधेयकहरु प्रमाणीकरण भएको कुरा जानकारी गराउनुभयो ।

आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा निरन्तर नाराबाजी गरिरहेको एमालेलाई सहमतीमा ल्याउन भन्दै आज बिहीबार सर्वदलीय बैठक बोलाएता पनि कुनै आधिकारिक जानकारी समेत नगराई एमालेले बैठकमा उपस्थिती समेत जनाएन ।

+ posts

 

 

ताजा
1 अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति महेश बस्नेत आक्रोशित
2 गृहमन्त्री गुरुङले दिए राजीनामा
3 चित्तपोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
4 भक्तपुर जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न