
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमाले बाहेक संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूको सहभागीता रहेको छ । आजको यस बैठकमा संसद् अवरोध तथा पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल भईरहेको बताइएको छ ।
लगातार संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले बोलाएको यस बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको र संसद छलेर अध्यादेश फिर्ता लिएको भन्दै सरकारसँग रुष्ट हुँदै आएको एमालेले सर्वदलीय बैठक समेत बहिस्कार गरेको बताइएको छ ।

आज बसिरहेको यस बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरूको उपस्थिति रहेको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related
















Total views : 348036










