इक्वेडर जेलमा झडप हुँदा ११६ कैदीको मृत्यु | Jana Aawaj News

इक्वेडर जेलमा झडप हुँदा ११६ कैदीको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
इक्वेडर जेलमा झडप हुँदा ११६ कैदीको मृत्यु : Jana Aawaj News

एजेन्सी । इक्वेडरको जेलमा दुई समूहबीचको झडप हुँदा कम्तिमा ११६ जनाको मृत्यु भएको बताइएको छ । दक्षिण अमेरिकी देशको इतिहासमा यो सबैभन्दा ठूलो जेलहिंसा भएको हो ।

 

उक्त घटना गुयाक्वील शहरमा मंगलबार भएको झडपमा ५ जनाको मृत्यु भएको थियो । त्यसपछि बाँकी सबैको गोली हानेर हत्या गरिएको बताइएको छ । पुलिस कमाण्डर फुस्तो ब्यूनानोका अनुसार सो झडपमा कैदीहरुले ह्याण्ड ग्रिनेट समेत प्रहार गरेका थिए ।

 

४ सय जना प्रहरी अधिकारीको प्रयासपछि जेल पुनः नियन्त्रणमा लिइएको छ भने, सो जेलमा विश्वका कुख्यात लागूऔषध तस्करहरुलाई राखिएको छ । शक्तिशाली मेक्सिकन लागूऔषध तस्कर समूह अहिले इक्वेडरमा सक्रिय रहेको छ ।
सोहि समूहले यो विद्रोहको सुरुआत गरेको इक्वेडरका जेल सेवा निर्देशक बोलिभर गार्जोनले स्थानीय रेडियोसँग यो घटनालाई ‘भयानक’ बताएका छन् ।

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न