राष्ट्रपतिद्धारा जेष्ठ नागरिकको सेवा सुविधा प्रभावकारी गर्न आह्वान | Jana Aawaj News

राष्ट्रपतिद्धारा जेष्ठ नागरिकको सेवा सुविधा प्रभावकारी गर्न आह्वान

पढ्न लाग्ने समयः < 1 मिनेट
राष्ट्रपतिद्धारा  जेष्ठ नागरिकको सेवा सुविधा प्रभावकारी गर्न आह्वान : Jana Aawaj News

काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गरेको सेवा सुविधा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ ।

आज शुक्रबार भण्डारीले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा र सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न सेवा र सुविधाहरूको व्यवस्था तथा प्रभावकारी रुपमा कार्यान्वयन गर्न आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिद्धारा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिकहरू आफ्नो जीवनकाल भरिका अनेकन उतार–चढाव‚सफलता–असफलता र संघर्षपूर्ण भोगाईबाट आर्जन गरिएका ज्ञान, सिप र अनुभवका पुञ्ज हुनुहुन्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछन् । ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ ।’

भण्डारीले ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन आह्वान गर्नुहुँदै माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने हाम्रो पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा सहित ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गर्दछु ।’

सो शुभकामना सन्देशमा व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसंख्या बढ्दै गएको उल्लेख गर्दै कोरोना महामारी विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेको समेत बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरे पछि सन्न् १९९१ देखि आजको दिन नेपालले पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ ।

+ posts

 

 

ताजा
1 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
2 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
3 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
4 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न