
ASEZ द्वारा पाटन बहुमुखी क्याम्पसमा ‘जिरो प्लास्टिक २०४०’ अभियान सम्पन्न
जन आवाज न्युज/ललितपुर साउन, ५ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालयमा अध्ययनरत
अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ ले आज ललितपुरको पाटन बहुमुखी क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
ASEZ भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह हो । यस पटकको गतिविधिचाहिँ सन् २०४० सम्म प्लास्टिक प्रदूषण समाप्त गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गर्ने ‘जिरो प्लास्टिक २०४०’ अभियानको एक हिस्सा हो । प्लास्टिक समस्या समाधान गर्ने अन्तर्राष्ट्रिय समुदायको लक्ष्यसँग मिल्दोजुल्दो छ । आर्थिक सहयोग तथा विकास सङ्गठन (OECD) द्वारा गत वर्ष प्रकाशित गरिएको ‘सन् २०४० सम्म प्लास्टिक प्रदूषण अन्त्यका लागि नीति परिदृश्य’अनुसार, जीवनको सम्पूर्ण अवधिमा उत्पादनदेखि लिएर विसर्जन र रिसाइक्लिङसम्म विश्वले प्लास्टिकलाई कम गर्न उच्चस्तरीय प्रयासहरू गर्नुपर्छ । तब मात्र प्लास्टिक प्रदूषण अन्त्यको नजिक पुग्ने अनुमान गरिएको छ ।
ASEZ सदस्यहरू लगायत करिब २५ जना क्याम्पस विद्यार्थीहरूले सरसफाइ गतिविधिमार्फत प्लास्टिकका फोहोरहरू सङ्कलन गर्नुका साथै प्लानल प्रदर्शनीमार्फत प्लास्टिक समस्याको गम्भीरताबारे जागरुकता जगाउँदै प्लास्टिकको प्रयोग कम गर्ने गतिविधिहरूमा सहभागी हुन प्रोत्साहित गरेका थिए । यसअघि प्लास्टिकका हानिकारक प्रभावहरू प्रकाश पारी त्यसका दिगो समाधानबारे सुझाव दिने क्याम्पस विद्यार्थीहरुले प्रस्तुति दिएका थिए ।
ASEZ का एक अधिकारीले भने, “प्लास्टिक प्रदूषण उन्मूलन गर्न भावी पुस्ता क्याम्पस विद्यार्थीहरू सँगै एकजुट भएका छन् । आफ्नो दैनिक जीवनमा प्लास्टिकको प्रयोग घटाउन र उपेक्षित फोहोरहरू सङ्कलन गर्न सबैले सहकार्य गर्न जरुरी छ । हामी सँगै मिलेर दिगो पृथ्वी बनाऔं ।”
स्वयंसेवकहरूले क्याम्पस वरिपरिबाट एकल-प्रयोग प्लास्टिक कप, स्ट्र, पानीको बोतल र खानेकुराको खोल जस्ता प्लास्टिकजन्य फोहोरहरू साथै अन्य फोहोरहरू पनि सङ्कलन गरे । बिहान ७:३० बजेदेखि सुरु भएर आधा घण्टासम्म जारी भएको कार्यक्रममा करिब २५ किलो फोहोर सङ्कलन गरिएको थियो ।
कार्यक्रममा सहभागी भएका विद्यार्थी सङ्घका कोषाध्यक्ष तिलक कुमालले यो कार्य एकदमै उत्कृष्ट कार्य हो र यस्तो जनचेतनामूलक कार्यक्रमको सधैं समर्थन गर्नेछु भन्दै क्याम्पस सरसफाइका लागि स्वेच्छाले सरिक भएका क्याम्पस विद्यार्थीहरूको सराहना गरे । साथै पाटन बहुमुखी क्याम्पसको तर्फबाट पनि प्रत्यक्ष फोहोर संकल्न गर्दै समर्थन जनाइएको थियो ।
ASEZ भनेको ‘Save the Earth from A to Z(पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं)को छोटकरी रूप हो, जसमा ‘क्याम्पस विद्यार्थीहरूले विश्वलाई परिवर्तन गर्नेछन्’ भन्ने अर्थ समावेश छ । यी क्याम्पस विद्यार्थीहरूले विश्वभरि जलवायु परिवर्तनको प्रतिरोध, अपराध रोकथाम, सामुदायिक सेवा जस्ता विभिन्न गतिविधिहरू गर्दैआएका छन् । नेपालमा चाहिँ ललितपुरको यूएन पार्क, भक्तपुरको गट्ठाघर मार्ग जस्ता क्षेत्रमा सरसफाइ गरेर वातावरण संरक्षणको लागि प्रयास गर्दै मञ्जुश्री वृद्धाश्रममा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य जाँच तथा भोजन उपलब्ध गराउँदै छिमेकीमाझ प्रेम बाँड्ने कार्यमा पनि अग्रसर भइरहेका छन् ।
दिगो समाज र वातावरणको लागि ASEZ ले गर्दैआएको विश्वव्यापी प्रयासको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गर्दछ । हालसम्म ASEZले संयुक्त राष्ट्रसंघको मरुभूमिकरण विरुद्धको महासन्धि(UNCCD) महासचिव अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन एप्पल अवार्ड र ग्रीन वर्ल्ड अवार्ड, पेरु राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र जस्ता ४७० वटा अवार्डहरू प्राप्त गरिसकेको छ ।
ASEZ आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत मार्च महिनासम्म ५४,१५३ जनाले ९४१ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा, वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ३०,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सम्मान पदक, ब्राजिलको विधायिकी पदक जस्ता ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 305733



