भक्तपुर फिस टनेल एक्स्पो’ मा ५० हजार भन्दा बढीले गरे अवलोकन | Jana Aawaj News

Bhaktapur Hospital

भक्तपुर फिस टनेल एक्स्पो’ मा ५० हजार भन्दा बढीले गरे अवलोकन

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर फिस टनेल एक्स्पो’ मा ५० हजार भन्दा बढीले गरे अवलोकन : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर साउन, ६ गते। भक्तपुर फिस टनेल एक्स्पोमा अहिलेसम्म करिब ५० हजार भन्दा बढी दर्शकहरू अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । विद्यार्थी लिएर आउने विद्यालयहरुलाई विशेष छुट दिने गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जनकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो यहीँ साउन १० गतेसम्म संचालनमा रहनेछ । स्थानीय पर्यटन प्रवर्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन हामीले यस्तो कार्यक्रम गरेका हौ, आयोजक संस्थाका अध्यक्ष महतले बताउनुभयो ।

एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो अवलोकन टनेल रहेको अध्यक्ष महतले जानकारी दिनुभयो । फिस टनेल एक्सपोमा स्कुलले विद्यालयहरुलाई शैक्षिक अवलोकनमा ल्याएमा विशेष छुट दिइने व्यवस्था पनि आयोजकले गरेको छ ।

यहाँ राखिएका दुर्लभ तथा रंगीन समुद्रमा पाइने १ सय ६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको हो । एक्स्पोको हाताभित्र अन्य मनोरञ्जनात्मक खेलहरुका साथै फुड स्टल समेत राखिएका छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
2 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
3 योगमार्फत स्वस्थ र समृद्ध प्रदेशको खाका: १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकार प्रतिबद्ध, डोलेश्वरमा मुख्यमन्त्रीको प्रतिबद्धता
4 दिगो र प्रविधियुक्त खानेपानीका लागि ‘ब्लुप्रिन्ट’ ढाँचामा चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x